लकडाउन नगर्न कांग्रेसको सुझाव

काठमाडौं। नेपाली कांग्रेसले कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या पछिल्ला दिन बढ्दै गए पनि लकडाउन नगर्न सरकारलाई सुझाव दिएको छ। कोरोना सङ्क्रमण रोक्न अन्य उपाय अवलम्बन गर्न पनि कांग्रेसले सुझाएको छ।

“देशले फेरि लकडाउनको अवस्था धान्न सक्दैन। यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दूरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछ,” कांग्रेसद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ। 

कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने र अनुगमनलाई मजबुत गर्नसमेत कांग्रेसले माग गरेको छ।

स्वास्थ्य कोभिड–१९ महामारी

लकडाउन नगर्न कांग्रेसको सुझाव

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ १८:०४
सारांशमा :
  • नेपाली कांग्रेसले कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या पछिल्ला दिन बढ्दै गए पनि लकडाउन नगर्न सरकारलाई सुझाव दिएको छ।
पूरा पढ्नुहोस्

सिफारिस