वैद्य माओवादीले संगठन तथा संघर्षसम्बन्धी दुई-महिने अभियान चलाउने

काठमाडौं। मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले संगठन तथा संघर्षसम्बन्धी दुई-महिने अभियान चलाउने निर्णय गरेको छ। चैत २८ र २९ गते बसेको पोलिटब्युरो बैठकले यस्तो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। 

सबै प्रदेशहरूमा पार्टीको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। 

संघीय जनगणतन्त्रको स्थापना र वैज्ञानिक समाजवादलाई सशक्त ढंगले अघि बढाउने बैठकले निर्णय गरेको छ।

राजनीति

वैद्य माओवादीले संगठन तथा संघर्षसम्बन्धी दुई-महिने अभियान चलाउने

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ ११:४०
सारांशमा :
  • मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले संगठन तथा संघर्षसम्बन्धी दुई महिने अभियान चलाउने निर्णय गरेको छ। 
पूरा पढ्नुहोस्

सिफारिस