गतिशीलताले निर्धारण गर्ने राजनीतिक अस्तित्व

सुनिता बराल 

गतिशीलताले नै हरेकको अस्तित्व निर्धारण हुन्छ भन्ने विज्ञानसम्मत मान्यता हो । हरेक सजीव तत्वसँग जसरी गति हुनुपर्छ भनिन्छ त्यसरी नै गति नभएको वा शून्य भएकोलाई मृत प्राय मानिन्छ । गतिहिनताले अस्तित्वहीन बन्ने यो विज्ञानसम्मत नियमलाई व्यक्तिको वैयक्तिक जीवनदेखि सामाजिक सांगठानिक जीवनसम्म जोडेर हेर्न सकिन्छ । 
गतिको विषयलाई सजीव वा प्राणी जगतमा जसरी सामाजिक वा सांगठानिक रुपमा दुरुस्तै भन्न नसकिए पनि संगठन वा सामाजिक संरचनाहरुको गतिहीन अवस्थालाई मृत, निर्जिव, निष्क्रिय वा अस्तित्वविहीन मानिएकै छ । अझ सामाजिक सांगठानिक विषयहरुलाई समग्र तत्वकै रुपमा गतिशील मान्ने कि गतिहीन भन्ने सन्दर्भका पनि अनेक व्याख्याहरु छन् । समाज विकास क्रममा निर्माण हुने सामाजिक संरचना, संगठन वा राजनीतिक प्रणालीहरु गतिहिनताले अस्तित्वविहिन भएका हुन् । एउटाको निष्क्रियताले अस्तित्वविहिन भएपछि अर्को जन्मने वा निर्माण हुने प्रक्रियाले समाज विकासको श्रृंखला अगाडि बढेको छ । यसरी नै सामाजिक, सांस्कृतिक, सांगठानिक वा राजनीतिक संस्था संगठनहरु निर्माण हुने, निष्क्रिय हुने र अर्को गतिशील संरचनाले विस्थापित हुने चक्र चलिरहेको छ । विज्ञानसम्मत रुपमा चलिरहन्छ । 
समाजलाई निर्देशित र व्यवस्थित गर्ने सामाजिक संगठनको रुपमा निर्माण भएका राजनीतिक प्रणाली र दलहरुलाई बढी क्रियाशील हुने, अस्तित्व कायम गर्न गतिशीलता आवश्यक पर्ने हुन्छ । यो व्यवस्थापन नहुँदा दल वा संगठन स्वतः विस्थापित हुने कुरा राजनीतिक तथा सामाजिक सरोकारको प्रमुख मुद्दा हुन्छ । सामाजिक सरोकारका क्षेत्रमा यो निर्णायक सवाल हो । क्रियाशीलताले अस्तित्व निर्धारण गर्छ भन्ने मान्यता आफैंमा विज्ञानसम्मत पनि छ । यसलाई नै संगठन वा सामाजिक संस्थाको जीवनको रुपमा लिन सकिन्छ । राजनीतिक दल वा संगठनहरुको क्रियाशीलताको अभावले समाज नै कुन बाटोमा जाँदैछ ? देश नै कुन बाटोमा जाँदैछ ? भन्ने सवाल समेत टड्कारो देखिन्छ । 
नेपालको राजनीतिक तथा सामाजिक अवस्था र अबको बाटो कता जाँदैछ भन्ने सवालहरुलाई समेत सामाजिक, राजनीतिक तथा सांगठानिक नेतृत्वकर्ताहरुले आफ्नो क्रियाशीलताको सवालसँग जोडेर समीक्षा गर्न जरुरी छ । ००७ को राजनीतिक परिवर्तनको पृष्ठभूमिमा निर्माण भएका सामाजिक राजनीतिक संगठनहरुको क्रियाशीलता र उनीहरुको प्राथमिकताको सवाल हेर्दा आजकै पुस्तालाई निकै महत्वपूर्ण प्रेरणा प्राप्त हुन्छ । राजनीतिक अधिकार प्राप्तिको संघर्षमा लाग्दा निजी रुपमा कुनै अभावमा नभएका सुवर्णशम्सेर जस्ताहरुले आफ्नो सम्पूर्ण सम्पति लगायत गुम्दा पनि आन्दोलन र जनताका एजेण्डालाई प्राथमिकतामा राखेका सवाल आजको राजनीतिक तथा सामाजिक संगठन तथा नेतृत्वकर्ताकर्ताहरुसँग दाँजेर हेर्नुपर्ने अवस्थामा छ । अहिलेको राजनीतिक तथा सामाजिक नेतृत्वको क्रियाशीलताको एजेण्डा के ? कुन एजेण्डामा क्रियाशील छौं । आफूले लिएको राजनीतिक तथा सामाजिक जिम्मेवारीलाई त्याग र समर्पणको भावना अनुसार जनताको लागि सुम्पेका छौं त ? भन्ने सवालले घच्घच्याईरहेको छ । 
नेपाली राजनीतिमा दल तथा तिनका भातृ संगठनहरुले मूलभूत रुपमा समाजमा राजनीतिक तथा सामाजिक चेतना निर्माण तथा सांगठानिक गति  सिर्जना गरेका हुन् । समाजमा गतिशीलतामार्फत अस्तित्व निर्माण गर्ने गरेका यी राजनीतिक तथा सांगठानिक सरोकारवालाहरुले आफ्नो गतिलाई के मा परिचालन गरिरहेका छन् । ०३५–०३६ सालको विद्यार्थी आन्दोलनका बेला हरेक राजनीतिक पार्टीका विद्यार्थी संगठनहरु जसरी राजनीतिक एजेण्डा, वैचारिक सशक्तता, सांगठानिक चुस्तता र गतिका साथ परिचालित थिए ति सबै कथा जस्तै भएका छन् । संगठनमा संलग्नहरुको चेतनामा द्वन्द्वात्मकता र आलोचनात्मकता खस्कँदो छ । संगठनको गतिशीलता चुस्त हुनुको साटो भद्दा र गैरराजनीतिक प्रकृतिको बन्दै गएको छ । 
सबै राजनीतिक पार्टीहरु एजेण्डामा जनता केन्द्रित र अभ्यासमा सत्ता र सुविधा केन्द्रित छन् । जनताको काम गरिरहेको भन्ने कुरालाई नेतृत्वकर्ता आफैंले पनि कति पत्याउने भन्ने अवस्था छ ? राजनीतिक दल  र संगठनहरुले आफ्नो पार्टी वा संगठनको घोषणापत्र वा सैद्धान्तिक मार्गदर्शन र संगठनको परिभाषित स्वरुपलाई व्यवस्थित गर्न नसक्दा गतिहीनता सिर्जना भएको छ । राजनीतिक दल तथा संगठनको गतिहीनता र गलत बाटोले नीतिगत, प्रणालीगत र व्यवहारिक रुपमै गलत बाटोमा देश हिँड्दैछ कि भन्ने विरोधाभाष खडा हुन्छ । 
लामो समयदेखिको सामाजिक तथा राजनीतिक र प्रशासनिक प्रणालीको गतिहीनताले सिर्जना गरेको अन्यौल, वितृष्णा र उत्पीडनलाई विस्थापन गरेर आएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई पनि घोषित र जनअपेक्षा अनुसारको गतिमा हिँडाउन सकिएन भने यसको अस्तित्वमा पनि प्रश्न उठ्ने कुरामा कुनै शंकै छैन । यो विज्ञानसम्मत कुरा नै हो । पछिल्लो समयको राजनीतिक उतारचढावसँगै आम जनमानसमा यो शासन व्यवस्थाकै सन्दर्भमा उठ्ने गरेका आशंका, प्रधानमन्त्रीसँग जोडेर अनुमान गरिने राजनीतिक कदम लगायतका सन्दर्भहरु भलै गलत होलान् तर विद्यमान राजनीतिक तथा सांगठानिक संचरनाका गतिहीनताले सिर्जना गरेका अन्यौल भने पक्कै हुन् । 
यो राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने र जोगाउनका लागि विद्यमान राजनीतिक दलहरुले आफ्नो पार्टीको परिभाषित सांगठानिक शैली र स्वरुपलाई पूर्ण रुपमा कार्यान्यन गराउनुपर्छ । भएको संगठन स्वरुपलाई अद्यावधिक गराउनुपर्छ । नीति  सिद्धान्तअनुसार चले नचलेको समीक्षा गर्नुपर्छ । गतिहीन संगठन वा नेतृत्वलाई आफैंले सही गतिशिलतामार्फत प्रतिस्थापन गर्नुपर्छ । अथवा समयले स्वाभाविक रुपमा निष्क्रियलाई प्रतिस्थापन गर्दै अर्कै व्यवस्था, व्यक्ति, विधि वा प्रणालीलाई स्थापित गराईदिन सक्छ । 
नेपाली राजनीतिक सन्दर्भमा हेर्ने हो भने अहिले अघिल्लो निर्वाचनबाट सबैभन्दा बढी मत प्राप्त गरेको पार्टी नेकपा एमाले र यसको राजनीतिक जीवनमा आएको परिवर्तनबाट निर्माण भएको पार्टी नेकपा आफ्नै गतिहीनता वा गलत गतिविधिका कारण अत्यन्तै छोटो अवधिमै नसोचेको दुर्घटनामा फस्यो । स्वीकार्न कठिन भएको हुन सक्छ तर यो आफ्नै कार्यशैली, सिद्धान्त र व्यवहारको अन्तरविरोध एवम् गलत गतिविधिको परिणाम हो । राजनीतिक पार्टीहरुले जनताका एजेण्डा, भावना र चाहनाअनुसार पार्टी कार्यकर्ता संगठित गर्ने, वैचारिक चेतयुक्त गर्न प्रशिक्षित गर्ने र परिचालित गर्ने काम नहुँदा संगठनहरु कमजोर हुने गरेको तथ्य यतिबेलाको राजनीतिक परिघटनाले पनि प्रमाणित गरेको छ । 
नेकपा एमाले वा नेकपा माओवादी केन्द्र मात्रै नभै नेपाली काँग्रेस र अन्य दलहरुमा पनि पछिल्ला दिनमा राजनीतिक तथा सांगठानिक गतिशीलता क्रमश ओरालो लाग्दो छ । कार्यकर्ताहरु पार्टीमा जोडिने आधार वा उत्प्रेरणामा राजनीतिक विचार सिद्धान्त वा उसको संगठात्मक प्रभाव भन्दा गैरराजनीतिक सवालहरु जोडिएका छन् । राजनीतिक नेतृत्वका हिसाबले सरकारको गठन लगायतका क्रियाकलापमा सिद्धान्त, राष्ट्रिय संकल्प वा निर्वाचनका एजेण्डाहरु भन्दा व्यक्तिगत व्यवस्थापन, निजी सौख चाहना र कार्यशैलीहरु हावी भएका छन् । यसले सिंगो समाजलाई नै राजनीतिक दल र संगठनहरुको अस्तित्वहरुमाथि औंला ठड्याउने ठाउँ दिएको छ । 
यतिबेला पछिल्ला समयको राजनीतिक परिवर्तन र यो व्यवस्था लगायतलाई समाजवादको गन्तव्यमा लैजाने र राष्ट्रिय संकल्प समृद्धिको एजेण्डामा हिँडाउने काममा वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओली लागिरहनुभएको छ । केपी शर्मा ओलीले गरेका कामका सन्दर्भमा तथ्यसंगत ढंगले प्रस्तुत गर्दा आलोचना गर्ने ठाउँ छैन । विपक्षी दलहरु तथा घनघोर विरोधीहरुले समेत निर्धक्कसँग समर्थन गर्छन् तर आफैं पार्टीभित्र किन आलोचना छ ? आफैंले रोजेर गरेको गठबन्धन किन टिक्न सकेन ? पार्टी एकता किन कायम रहन सकेन ? लगायतका प्रश्नहरुको उत्तर त्यति सहज र स्वाभाविक छैन । यी समस्याहरु दलको रुपमा संगठित ढंगले राजनीतिक, सैद्धान्तिक, वैचारिक वा कार्यक्रमिक हिसावले गति निर्माण गर्न नसक्दाको परिणाम हुन् । यसमा प्रधानमन्त्रीले गरेका कामहरुलाई सिंगो पार्टीले पुँजीकृत गर्न नसक्नु र प्रधानमन्त्री वा अध्यक्षले सिंगो टिमलाई काममा लगाउन नसक्नु कमजोरीका रुपमा देखिएको छ । 
समग्रमा व्यक्ति जति बलियो भए पनि विधि, संगठन र दललाई सिद्धान्त, व्यवहार र संगठनले गति सिर्जना गर्न सकिएन भने अस्तित्व धरापमा पर्दोरहेछ । यस्ता कैयौं तथ्यहरु इतिहासमा छन् । एक से एक उदाहरणीय, जनप्रीय, लोकप्रिय र शक्तिशाली नेतृत्व पनि दल वा संगठन अनि सिद्धान्त र विचारले गतिशील भएर अस्तित्व जोगाउन सक्ने अवस्थामा नरहँदा सीमित अवधिको लोकप्रियतासंगै विलिन भएका उदाहरणबाट पाठ सिक्न जरुरी छ । प्रणाली बलियो बनाउने, पार्टी र संगठनहरुलाई सैद्धान्तिक वैचारिक र सांगठानिक ढंगबाट गतिशील बनाउने तर्फ सबै दल, संगठन वा सामाजिक सरोकारका संस्था सम्बद्धको ध्यान केन्द्रित हुन जरुरी छ ।

विचार / अन्तर्वार्ता

गतिशीलताले निर्धारण गर्ने राजनीतिक अस्तित्व

प्रकाशित: आईतबार, चैत २२, २०७७ १४:१७
सारांशमा :
  • गतिशीलताले नै हरेकको अस्तित्व निर्धारण हुन्छ भन्ने विज्ञानसम्मत मान्यता हो । हरेक सजीव तत्वसँग जसरी गति हुनुपर्छ भनिन्छ त्यसरी नै गति नभएको वा शून्य भएकोलाई मृत प्राय मानिन्छ । सुनिता बराल 
पूरा पढ्नुहोस्

सिफारिस