पृथ्वीनारायण शाहको उपदेशमा मगरहरु

जीवनको अन्तिम समयतिर आइपुग्दा पृथ्वीनारायण शाह निकै विरक्त थिए। उनले आफ्नो राज्य पूर्वमा टिस्टासम्म पुर्याएका थिए। पश्चिमतिर आफ्नो राज्यविस्तार अभियानमा उनले सोचेजस्तो सफलता प्राप्त पाइरहेका थिएनन्। आफूले आर्जन गरेको राज्यलाई कसरी जोगाउने भन्ने उनमा ठूलो चिन्ता थियो।

उनको अर्को चिन्ताको विषय थियो, दरबारभित्र तत्कालीन युवराज र युवराज्ञीका चर्तिकला। तत्कालीन युवराज प्रतापसिंह शाहको ध्यान आफ्नो बाबुले सुरु गरेको राज्यविस्तार अभियानलाई निरन्तरता दिनेतिर थिएन। युवराज प्रतापसिंह वसन्तपुर राजदरबार परिसरभित्रको विलाश मन्दिरमा मैजु रानीलगायतका सुन्दरी नेवार कन्याले घेरिएर मोजमस्तीमा मग्न थिए। उनी राजकाजमा भन्दा तन्त्र साधनाबाट सिद्धि प्राप्त गर्न मांस, मदिरा र मैथुनमाथि विश्वास गर्थे। युवराज्ञी राजेन्द्रलक्ष्मी पनि विलासी थिइन्। उनीहरुबाट पृथ्वीनारायण शाह खुसी थिएनन्, त्यसैले विरक्त भएका थिए। (नेपाल, ज्ञानमणि, ‘नेपालको महाभारत’(२०५२/१०)

फेरि पृथ्वीनारायण शाह ५२ वर्षकै उमेरमा रोगग्रस्त भए। उनलाई रोगले च्याप्दै लग्यो। उनको शरीरभरि खटिरा आएका थिए। उनलाई आफ्नो अन्तिम दिन आउँदै गरेको महसुस भइरहेकोले उनी चिन्तित थिए। त्यसैले उनले आफ्ना ददा (हजुरिया) सुरथसिंह रानामगर थरघर र भाइभारदारलाई बोलाएर आफ्नो अन्तिम इच्छा प्रकट गरेका थिए। (नेपाल, ज्ञानमणि, ‘नेपाल निरुपण’(२०५५/३६७)

पृथ्वीनारायणले पुसको अन्तिम साता (वि.सं.१८३१) मा नुवाकोटको आफ्नो राजदरबारमा साथमा रहेका दुई भाइ र भारदार बोलाएर तिनलाई भारदारी दिए। लामो भाषण दुई-तीन दिन लगाएर गरे। त्यसपछि उनमा थकावट महसुस भयो। उनलाई ज्वरोले आक्रमण गर्यो। ३ जनवरी १७७५ (वि.सं. १८३१ पुस २३ गते) मा उनलाई तादी र त्रिशूलीको दोभान देवीघाट पुर्याइयो। त्यहाँ उनी नौ दिनसम्म रहे। ११ जनवरी (माघ १) विहान ७ बजे उनको देहान्त भयो। (आचार्य, बाबुराम, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’(२०६१/४३५)

नुवाकोट दरबारमा पृथ्वीनारायणले आफ्नो जीवनको अन्तिम समयमा गरेको भारदारी र त्यहाँ दिएको भाषणलाई नेपाली इतिहासकारहरुमध्ये कसैले ‘पृथ्वीनारायण शाहको दिव्योपदेश’ त कसैले ‘पृथ्वीनारायण शाहको उपदेश’ भनी उल्लेख गर्ने गरेका छन्। राष्ट्रिय अभिलेखालयले यसको प्रति काँचो नेपाली कागजमा सारेर त्यसको आवरणमा ‘श्री ५ वडा महाराजधिराज पृथ्वीनारायण शाहको सुवर्णमय दिव्य उपदेश’ लेखिएको अवस्थामा फेला पारेको थियो। यस लेखमा प्रयोग गरिएको पृथ्वीनारायण शाहको उपदेशको प्रतिको फोटो ‘अभिलेख’को वर्ष ३ अंक ३ बाट लिइएको हो।

कहाँ फेला पर्यो पृथ्वीनारायण शाहको उपदेश?

पृथ्वीनारायण शाहको उपदेश भनेर जुन हस्तलिखित ग्रन्थ फेला पर्यो, त्यो उनले लेखाएको वा लेखेको होइन। उनी आफू जीवनको अन्तिम अवस्थामा आइपुग्दा बोलेका वाणीहरुलाई त्यतिखेरका भारदारले टिपेर राखेको टिपोट हो, यो। यो टिपोट विभिन्न व्यक्तिले सारेर राखे। त्यसलाई पछि विभिन्न इतिहासकार तथा सरकारी संस्थाले प्रकाशनमा ल्याए। यसमा पृथ्वीनारायण शाहले लिएका तत्कालीन नीति र उनको अनुभवहरु उल्लेख छन्।

पृथ्वीनारायणले त्यतिखेर भनेको कुरा जसजसले टिपे वा सारे, त्यसमध्येको एउटा प्रति असन केलटोलस्थित तिलंगा घर भएका बखतमानसिंह बस्नेत (पृथ्वीनारायण शाहका भारदार अभिमानसिंह बस्नेतका सन्तान) को हातमा पनि पर्यो। उनले यो प्रति उनका नेवार कारिन्दाबाट प्राप्त गरेका हुन्। बाबुराम आचार्यको हातमा पनि त्यसको प्रति पयो। बाबुरामले र्त्यो हस्तलिखित प्रति सूर्यविक्रम ज्ञवालीलाई दिए। वि.सं. १९९२ मा ज्ञवालीले प्रकाशित गरेको ‘पृथ्वीनारायण शाह’मा ज्ञवालीले केही अंश प्रयोग गरेका छन् । (पन्त, दिनेशराज, ‘नागरिक न्युज डट कम’(२०७६ माघ ४)

प्रा. नयराज पन्तले लेख्दा ‘मूल प्रतिका धनी बखतमानसिंह वस्नेतजीले त्यो मलाई सार्न दिँदा पृथ्वीनारायण शाहको भाषण भनी दिनुभएको थियो’ भन्ने उल्लेख गरेका छन्। २००७ सालको परिवर्तनपछि सुरुमा योगी नरहरिनाथ र त्यसपछि बाबुराम आचार्यले ‘दिव्योपदेश र उपदेश’ भनेर छाप्न थाले। (पन्त, उही)

अभिमानसिंह वस्नेतकै घरमा सारिएको पृथ्वीनारायणको यो उपदेशको अर्को प्रति उनकै घरमा लेखापढीको काम गर्ने कर्मचारीका वंशधर मुखिया भक्तबहादुरसँग पनि सुरक्षित थियो। त्यही प्रतिलाई अभिमानसिंहका वंशधर बखतमासिंह वस्नेतको सौजन्यबाट बाबुराम आचार्य र योगी नरहरिनाथलाई प्राप्त भएको हो। (आचार्य, बाबुराम र योगी नरहरिनाथ, ‘बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य–उपदेश’ (२०६१ःक)

हालः पृथ्वीनारायण शाहको उपदेशको एक प्रति राष्ट्रिय अभिलेखालय ४/२९१५ लगतमा राखिएको छ। यो टिपोट पुस्तक पुरातत्व विभागलाई काठमाडौं नयाँ बजारनिवासी बखतमानसिंह वस्नेत (हालः दिवंगत)बाट २०२५ सालमा प्राप्त भएको हो। उनको वंश शिवरामसिंह वस्नेत (अभिमानसिंह वस्नेतका बाबु)सँग जोडिएको छ। (‘अभिलेख’ वर्ष ३ अंक ३-२०४२/१०१)

पृथ्वीनारायण शाहको उपदेशमा मगरहरु

मगरहरु द्रव्य शाहको समयदेखि नै गोरखासँग निकट थिए। गोरखाली राजाको विश्वास जितेकै कारण उनीहरुलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरिएको थियो। वि.सं. १६१६ भाद्र वदी ८ रोज ४ मा लिगलिगकोटको राजा भएपछि नारायण अज्र्याललाई राजगुरु, सर्वेश्वर खनाललाई राज पुरोहित, गणेश पाँडेलाई प्रशासन हेर्ने मन्त्री, भगीरथ पन्तलाई सेनापति, केशव बोहरालाई भूमि विभागको प्रमुख तथा गंगाराम रानामगरलाई न्याय विभाग प्रमुखको जिम्मेवारी दिइएको थियो। (वस्न्यात, प्रेमसिंह, ‘नेपाली सेनाः लिगलिगकोटदेखि वर्तमानसम्म’(२०७१/१७२)

६ थरलाई गोरखा राज्यको भारदारीमा विशेष प्राथमिकता दिने चलन पछिसम्म चल्यो। अज्र्याल, खनाल, पाँडे, पन्त, बोहरा र रानामगर गोरखाका ६ थर प्रभृति हुन्। लखन थापा मगर (प्रथम)ले राम शाहकै समयमा एक सिद्ध पुरुषका रुपमा नाम कमाएका थिए। मनकामना मन्दिरमा उनैका वंशधरले आज पनि पूजा चलाइरहेका छन्। 

वि.सं. १९०३ भदौ ३१ गते घटेको कोतपर्वमा तत्कालीन जनरल अभिमानसिंह वस्नेत जंगबहादुरको इशारामा मारिएसँगै मगरहरुको स्थापित राजनीतिक विरासत समाप्त भयो। आज उनीहरु सिमान्तकृत अवस्थामा छन्।

पृथ्वीनारायण शाहको समयमा पनि गोरखा दरबारमा मगरहरुलाई राम्रो जिम्मेवारी र इज्जत दिएर राखिएको थियो। उनले आफ्नो उपदेशमा पनि पटकपटक मगरहरुको नाम उल्लेख गरेका छन्। यसैबारे यहाँ उल्लेख गरिन्छ।

‘ददा सुरथसिंह राना’

पृथ्वीनारायण शाहको उपदेशमा विभिन्न व्यक्तिको नाम उल्लेख छ। विभिन्न प्रसंगमा उनले दिग्वन्धन सेन, जयप्रकाश मल्ल, कुलानन्द जैसी, रणजीत वस्न्यात, मानसिंह रोकाहा, वीरभद्र पाठक, रिपुमर्दन शाह, कालु पाँडे, शिवराम वस्न्यात, भानु जैसी, परशुराम थापा तथा झागल गुरुङको नाम लिएका छन्।

तर, त्यतिखेर उनको उपदेश सुन्न जम्मा भएका अन्यको नाम दिइएको छैन। केवल आफ्नो ददा सुरथसिंह रानाको नाम उल्लेख छ। अरु पत्रअनुसार सुरथसिंह गोरखा दरबारको ढुकुटी जिम्मा लिने कपरदार थिए। (पन्त, उही)
यसमा सुरथसिंह राना पृथ्वीनारायण शाहको ददा भएको उल्लेख छ। बाल्यावस्थामा सहयोग गर्ने पुरुष व्यक्तिलाई ‘ददा’ भन्ने चलन थियो। उनको उपदेशको सुरुआतमै ‘गुरु प्रोहित थरघर भैयाद भारदार ददा सुरथसिंह राना सबैका बुढापाका छेऊ हुकुम भयाका कुरा’ भन्ने उल्लेख छ। (आचार्य र योगी नरहरिनाथ, उहीः२९)

‘मग्रका सवार टागन घोडा’

पृथ्वीनारायण युवराज हुँदा उनका लागि मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग विवाह हुने तय भएको थियो। तर, हेमकर्णले आफ्नी छोरी सानी भएकीले तत्कालै गोरखा पठाउन चाहेनन्। पटकपटक दुलही लिन जाँदा खाली हात फर्कनु परेको थियो। उनका जेठान दिग्वन्धन सेनसँग पनि उनको कुरा मिलेन। दुलाहा–दुलही अन्माउँदा हात्तीमा चढाइएको थियो भने दुलहीलाई गजमोतीको हार पनि लगाइदिइएको थियो। पृथ्वीनारायणले ती हात्ती र हार पनि मागे, तर दिग्वन्धन सेन ती दुवै दिन राजी भएनन्। त्यसपछि उनी इख लिएर चन्द्रागिरिको बाटो हुँदै गोरखा फर्कंदा कान्तिपुर, ललितपुर र भक्तपुर राज्यमा आँखा लगाए र त्यहाँको राजा हुने मनसुवा उनमा पलायो।

त्यतिखेरै उनका मामा उद्योग सेन (पाल्पाली राजा गन्धर्व सेनका उत्तराधिकारी छोरा) देवघाटको बाटो भएर गोसाइँकुण्ड, पशुपतिनाथ हुँदै गोरखनाथको पनि दर्शन गर्न गोरखा पुगेका थिए। उनले मामालाई आफ्नो मनसुवा बताए। मामाचाहिँले गोरखामा रहेका सेनाका बारेमा सोध्दा उनले आफूसँग ठकुरी, बाहुन, खस र मगर सेना रहेको बताए। मामाले भने- ‘बाहुनको सवार भनेको वयल हो. पातक् लाग्छ. ठकुरीको सवार भन्याको सिंघ हो. पछाडि दगा हुन्छ. मग्रको सवार टागन घोडा हो ढिला हुन्छ. षसको सवार भन्याका ताजि तुर्कि घोडा हो. षसको सवार गरे चाडो होला।’ (उहीः३६-३७)
बाहुनलाई सेनामा प्रयोग गरे पाप लाग्ने, ठकुरीलाई प्रयोग गरेपछि आफूलाई नै घात हुने, मगरलाई प्रयोग गरे ढिलो हुने भएकोले खस सेनालाई प्रयोग गरे उनीहरु फुर्तिलो र वीर हुने भएकोले युद्ध जित्न सहज हुने सुझाव पृथ्वीनारायणलाई मामाले दिएको देखिन्छ।

मगरहरु ढिला भएकाले नुवाकोटको युद्ध हारिएको पोल महेश्वर पन्थले नरभूपाल शाहलाई लगाएपछि सेनापति जयन्त रानालगायतका कतिपय मगरहरु गोरखाबाट पलायन भएको यस प्रसंगमा स्मरणीय छ।

‘सोपनामा पुजाहारी मगरकी छोरी’

पृथ्वीनारायण पूजापाठ, जप आदि गर्थे। हिन्दु आध्यात्मिकतामा विश्वास गर्नेहरु सपनाको फलमा पनि भर पर्छन्। एक रातको सपनामा उनले मगरकी एउटी छोरीलाई देखे। सपनामा देखिएकी सात–आठ वर्षकी मगरकी छोरीले दुवै हातमा खड्ग बोकेकी थिइन् भने कुसुमे रङको कपडाको घुम्टो हालेकी थिइन्। ती मगर केटीले उनलाई टलपल टल्केको वस्तु निल्न दिइन्। दुवै खड्ग पृथ्वीनारायण शाहलाई दिँदै ‘तिम्रो मनोकांक्षा पूरा हुन्छ’ भनिसक्दा पृथ्वीनारायण निद्राबाट ब्यूँझेछन्।

‘एक दिन रातमा सोपना भयो र दुई हातमा दुई षड्ग लियाकि सात आठ वर्षकि कन्न्या कुसुमे पछिउरा घुगुटी पारि मछेउ आइन् र मैले सोध्या तिमी कस्कि छोरी हौ भनि मैले भन्दा पुजाहारि रानाकि छोरी हुँ भनिन् र उ दुवै षड्ग मेरा हातमा दिइन्. आरसि प्रर्मानको लाल टल्बल् गथ्र्यो. षोकिलाबाट झिकी मेरो मुषसम्म ल्याई यो निल् भनिन् र तम्रो मनाकान्छ्या पु¥याइदियाको छ. म पनि माग्छु. थापि जाउ भनिन्. जसै दुई पाईला गैथिन्. उसैबेला म पनि विम्ज्यौ र भानु जैसी. कुलानन्द जैसी. पुजाहारि रानालाई डाक्यां र सुध्यायां. जैले नि पुजाहारिले नि ति माई हुन् दर्सन पाउनु भएछ भने ।’

गोरखालीहरुले शक्तिपीठ तथा विभिन्न देवालयमा मगर पुजारी राखेको पाइन्छ। पृथ्वीनारायणको समयमा पनि मगर पुजारी थिए। शाक्त परम्परावादी गोर्खाली राजाले पुजारी रानामगरकी छोरीलाई सपनामा एक माई (देवी)को रुपमा देखेर आफ्नो मनोकांक्षा पूरा हुने आशिर्वाद दिएको कुरा नुवाकोटको भारदारीमा उनले व्यक्त गरेको बुझिन्छ। यसबाट उनको मगरहरुप्रति आध्यात्मिक विश्वास रहेको पनि प्रकट भएको देखिन्छ।

‘महामण्डलमा ग्यामी राना’

नुवाकोट आक्रमणको असफलताको दोष आफ्नो टाउकोमा आइपरेपछि त्यसबाट असन्तुष्ट भएर जयन्त रानालगायतका मगरहरु गोरखाबाट यत्रतत्र लागेको कुरा माथि परिसकेको छ। उनी कान्तिपुर राज्यअधिनस्थ नुवाकोटमा उमराउ भएर बसेका थिए। 

पृथ्वीनारायणले आफ्नो राज्यविस्तार अभियानको उद्योग नुवाकोटबाट सुरु गरे। वि.सं. १८०१ को असोजमा नुवाकोट हमला गर्ने तयारी गर्दैगर्दा जयन्तलाई आफूसँग मिल्न आउन खबर पठाएका थिए। तर, उनले आफूले जयप्रकाश मल्लको नून खाइसकेकोले फेरि गोरखालीतिर नफर्कने सन्देश पठाए। त्यसपछि उनी आवश्यक सहायता माग्न कान्तिपुर पुग्दा त्यहाँ चाडपर्वको तामझाम थियो। जयन्तका छोरा शंखमणि राना नुवाकोटको रक्षार्थ महामण्डल बसेका थिए। वि.सं. १८०१ असोज १५ गते त्यहाँ आक्रमण गर्दा उनका १२ वर्षीय भाइ दलमर्दन शाहको तरबार प्रहारबाट शंखमणिको देहान्त भयो। पछि बेलकोटमा बसिरहेका जयन्तमाथि पृथ्वीनारायण आफैं गएर आक्रमण गरे। जयन्तले कडा प्रत्याक्रमण गरेका थिए। कालु पाँडे थप बलका साथ बेलकोट पुगेर जयन्तलाई पक्रिए। जिउँदै छाला काढेर उनलाई मारियो। यस प्रसंगमा आफ्नो उपदेशमा पृथ्वीनारायण शाहले यस्तो भनेका छन्, ‘महामण्डलमा ग्यामि राना थियो तं हाम्रो घरको ग्यामि होस महामण्डल छोडिदे. म छेउ आइज भनी पठाञाँ र हुन ता म हजुरैको हुँ. तर जयप्रगास मल्लको नुन षाईहाल्यां मरिमेटन्या छु भनि हाँक पारि पठायो र...पात्रो हेरन जैसी भन्यां र पात्रा हेर्या आजका साता दिन विहाउडो सनिश्चर बार ठुलो सायत रहेछ भनि विन्ति गर्या र उहि सायतमा महामण्डल उक्लेउ र तरबरास पर्यो हाम्रा नुन्का सेषले झुकाई दिने पंथ बार्है वर्षमा मेरा भाई दलमर्दन साहले जेठि तरवार रानाको थापलामा हान्यो र नुहाकोट साधे गरि बढाई गरेउ ।’ (उहीः४२-४३)

‘मग्र मारताप दिदा आलोपालो’

गोरखाली परम्पराअनुसार त्यहाँ इमानदारपूर्वक सैन्य सेवा लाग्ने भारदार मरेमा उनीहरुको सन्तानलाई मरवट (जागिरको अवसर) दिने चलन थियो। यो अवसर मगरहरुमा पनि लागू हुन्थ्यो। पृथ्वीनारायणले जस्तोसुकै ठूलो विराम गरे पनि भारदारलाई नमार्नु, बरु उसलाई कठिन युद्धमा होमिदिनु, मरे त्यहीँ युद्धमा मर्छ भन्ने नीति थियो। उनले पाँडे, वस्न्यात, पन्थ र मगरहरु आफ्नो सोझा भारदार भएकोले पालैपालो मरवट दिनु भन्ने उपदेश दिँदै भनेका थिए– ‘पाँडे वस्न्यात पंथ भैयाद मग्रलाई मारातप् दिदा आलोपालो गरि षान दिनु. ई मेरा नुन् गुन्का स्वझा सेवक हुन्. ईनीहरुको जीव जान्या विराम ग¥याका भया पनि आफूले नमार्नु. बरु मारातप् दिएर लडाञीमा झोसिदिनु र जिव जोगाई आयो भन्या बढिया भयो मरगया भन्या आफूले मार्नु अर्कैबाट मारिदियाको बढिया हुन्छ. तब राजाको सेवकलाई घरमा नमार्नु।’ (उहीः५१)

तर, पृथ्वीनारायण शाहको देहान्तपछि उनकै सन्तानले पृथ्वीनारायणको यो उपदेशको उल्लंघन गरे। यसको पहिलो सिकार मूलकाजी सर्वजीत राना भए। मूलकाजी बनाइएका उनलाई राजमाता राजेन्द्रलक्ष्मीसँग करणी बिराएको आरोप लाग्यो। यही आरोपमा वि.सं. १८३५ भदौमा पृथ्वीनारायणका कान्छा छोरा बहादुर शाहले आफ्ना काका दलजीत शाह र भारदार श्रीहर्ष पन्थसमेतको सहयोगमा आठपहरियाहरुलाई दरबार घेर्न लगाई काजी सर्वजीत र उनका अनुयायीलाई कुमारीघरको छिँडीमा लगी कटाई दिए।

‘गुरुं मगरलाई गौडामा राख्नु’

पृथ्वीनारायण शाहले आफ्नो राज्यका उमराव, थरघर, भैयादका साथ गुरुङ र मगरहरुलाई गौंडागौंडामा सुरक्षार्थ राख्नु भन्ने उपदेश दिँदै भनेका थिए– ‘गुरुं मगर षानज्यादा भैयाद भारदार मिर उमराउ पुराना पुराना जाची घुँडा गौंडामा राषनु. पुरुव पछिम्का षस बाहुन्लाई दरबारमा पैठ नदिनु. क्यान भनौला बाहिडा मान्छ्याले दरबारमा बिथिति गराउछन्।’ (उहीः५५)

मगर र गुरुङहरुप्रति पृथ्वीनारायण शाहको विश्वास थियो। यसमा उल्लेख भएको पूर्वको खस भन्नाले पहिले चौदण्डीका काजी भएका र पछि गोरखाली पक्षमा पुगेका स्वरुपसिंह कार्की र पश्चिमतिरबाट आएका पण्डित ब्रजनाथ पौडेललाई इंगित गरिएको हो भनी कतिपय इतिहासकारहरुले दाबी गरेका छन्। उनीहरु बाहिरबाट आएका र अगोरखाली हुनाले उनीहरुले दरबारमा बेथिति ल्याउँछन् भने पृथ्वीनारायण शाहले आफ्ना विश्वासिला भारदारहरुलाई सचेत गराएका थिए।

‘मगर जाँची विचारी दिनु’

‘उप्रान्त टक्सार पनि चोषो चलाउनु अदालथ पनि ठकुरी जाँचि डिष्ठा राष्नु मगर जाचि विचारि थाप्ंनु कचहरि पिछे यक्यक् पण्डित राषी निञाशास्त्र बमोजिम अदालथ चलाउनु।’ (उहीः५६)

उपदेशमा पृथ्वीनारायण शाहले न्यायालय सञ्चालन कसरी गर्ने भन्ने सन्दर्भमा आफ्नो धारणा राख्दा अदालतमा मगरहरुको उपस्थितिलाई अनिवार्य ठानेका छन्। उनले ठकुरीलाई डिठ्ठा र मगरलाई विचारी दिनुपर्ने भनी आफ्ना भारदारहरुलाई सम्झाएका थिए। द्रव्य शाहको समयमा गंगाराम रानाले न्याय विभागमा जिम्मेवारी पाएकोले त्यसैको निरन्तरता स्वरुप मगरलाई पृथ्वीनारायणले अदालतमा विचारी पदमा नियुक्त गर्ने प्रचलनलाई निरन्तरता दिएका थिए।

‘मगरात्को राजा मै हुं'

पृथ्वीनारायण शाहले मगरात स्वीकार गरेका छन्। उनले उपदेशका क्रममा ‘नेपालको किताप हेर्दा तुर्काना मंग्रात मुग्लाना हुन्या रहेछ र तुरकाना अघि भैगयेछ. मगरात्को राजा मै हुँ । मुगलानाको दोस् मेट्नालाई आधा थुम मेरी कंपनी जमायाको हो. आधा खुडा आधा पत्थरकला बनायाको हो।’ (उहीः ५९)

यो भनाइबाट उनले मगरात अर्थात् मगरहरुको आवाद गरेको राज्यको राजा आफू नै भएको स्पष्ट पार्छ। यसलाई मुगलान हुन नदिन आफूले सैनिक कम्पनीहरु निर्माण गरेको र तीमध्ये आधा खुँडा बोक्ने र आधार पत्थरकला बोक्ने अर्थात् बन्दुक चलाउने सेना निर्माणका गरिएको भन्ने उनको भनाइ रहेको स्पष्ट हुन्छ।

पृथ्वीनारायणको यो उपदेश अध्ययन गर्दा उनले गरेको मगरप्रतिको विश्वास, उनीहरुलाई प्रदान गरिएको जिम्मेवारीलगायत मगर जातिको ऐतिहासिक विरासतको विभिन्न पाटा स्पष्ट रुपमा खुल्न आउँछ।
 
विचार / अन्तर्वार्ता

पृथ्वीनारायण शाहको उपदेशमा मगरहरु

प्रकाशित: शनिबार, चैत ७, २०७७ ११:२२
सारांशमा :
  • पृथ्वीनारायण शाह ५२ वर्षकै उमेरमा रोगग्रस्त भए। आफ्नो अन्तिम दिन आउँदै गरेको महसुस भइरहेकोले उनले आफ्ना ददा (हजुरिया) सुरथसिंह रानामगर थरघर र भाइभारदारलाई बोलाएर आफ्नो अन्तिम इच्छा प्रकट गरेका थिए।
  • पृथ्वीनारायण शाहको उपदेशको एक प्रति राष्ट्रिय अभिलेखालय ४/२९१५ लगतमा राखिएको छ। यो टिपोट पुस्तक पुरातत्व विभागलाई काठमाडौं नयाँ बजारनिवासी बखतमानसिंह वस्नेत (हालः दिवंगत)बाट २०२५ सालमा प्राप्त भएको हो।
  • पृथ्वीनारायणको यो उपदेश अध्ययन गर्दा उनले गरेको मगरप्रतिको विश्वास, उनीहरुलाई प्रदान गरिएको जिम्मेवारीलगायत मगर जातिको ऐतिहासिक विरासतको विभिन्न पाटा स्पष्ट रुपमा खुल्न आउँछ।
पूरा पढ्नुहोस्

सिफारिस