प्रचण्डलाई छोड्न मन थिएन तर ओलीको विचारले तान्यो : मन्त्री थापा

काठमाडौँ। खानेपानी तथा सरसफाइ मन्त्री मणि थापाले प्रचण्डलाई छोड्ने मन नभए पनि ओलीको विचारले आफूलाई नेकपा एमालेमा तानेको बताएका छन्। आज देखापढीसँग कुरा गर्दै नकपा एमाले स्थायी कमिटी सदस्यसमेत रहेका थापाले यस्तो बताएका हुन्।

“माओवादीहरू टुक्राटुक्रामा विभाजित हुँदै गए, जनयुद्धका उद्देश्य हराउँदै गए। कम्युनिष्ट सिद्धान्त नै नेताहरूले छोड्न थाले,” उनले बताए, “यस्तो अवस्थामा नराम्राहरूमध्ये पनि राम्रो कसलाई चुन्ने हो भन्ने परिस्थित आयो। मलगायत माओवादीबाट आएका साथीले ओलीलाई नै चुन्यौ। ओली समकालीन नेतामा राष्ट्र र राष्ट्रियतासँग जोडिएका नेता हुन्। फर्किएर माओवादीमा गए के गर्ने भन्ने निश्चित छैन।”

प्रचण्डले जनयुद्धमा सँगसँगै हिँडेका नेताहरूलाई बिर्सेको नेता थापाको आरोप थियो। प्रचण्डले फुटको नेतृत्व गरेको आरोप लगाउदै नेता थापाले भने, “अहिले एमाले फुटको संघारमा पुग्नुको मुख्य कारण प्रचण्ड हुन्।”

प्रचण्डले पदका लागि दौडधूप गरिरहेको आरोप लगाउँदै मन्त्री थापाले पूर्वमाओवादीबाट एमालेमा ओलीसँग आएका नेताहरूले सांसद मन्त्री पद छोड्ने तर प्रचण्डसँग नजाने बताएका छन्। उनले भने, “हामी कति दिन मन्त्री रहन्छौँ हामीलाई थाहा छैन। केही दिनमै प्रतिपक्षमा बस्नुपर्ने हुन सक्छ, साथीहरूले सांसद पद गुमाउनुपर्ने हुन सक्छ, तर ओलीसँग रहे कम्युनिष्ट विचार रहिरहन्छ। यो नै हामी ओलीसँग रहनुको कारण हो।”

१२–बुदे दिल्ली सम्झौता गर्दा नै संसदीय व्यवस्था स्वीकार गरेर प्रचण्डले १० वर्षे सशस्त्र जनयुद्धको उद्देश्य छोडेको आरोपसमेत नेता थापाले लगाएका छन्। उनले भने, “मोहन वैद्य, मोहन विक्रम, बाबुराम भट्टराई, विप्लव र अहिले बादलले पनि प्रचण्डलाई छोड्नु प्रचण्डका लागि सोचनीय विषय भएको हो। म माओवादी छोडेर आएको छु, त्यसैले आक्रोश पोख्यो पनि भन्लान्। तर प्रचण्डले साथीहरूलाई आफूसँग टिकाउन नखोजेकै कारण माओवादीहरू तितरबितर भएको उनको आरोप छ। 

प्रधानमन्त्री ओली र एमाले प्रतिपक्षमा बस्न तयार रहेको भन्दै मणि थापाले सरकारलाई दिएको समर्थन फिर्ता नलिएर प्रचण्डले राजनीति गरिरहेको तर कच्चा खेलाडी भएको कारण नजित्ने बताएका छन्। आफुहरू ताजा जनादेशकै पक्षमा भएको पनि नेता थापाले दोहर्‍याएका छन्।

राजनीति

प्रचण्डलाई छोड्न मन थिएन तर ओलीको विचारले तान्यो : मन्त्री थापा

प्रकाशित: मंगलबार, चैत ३, २०७७ २१:००
सारांशमा :
  • खानेपानी तथा सरसफाइ मन्त्री मणि थापाले प्रचण्डलाई छोड्ने मन नभए पनि ओलीको विचारले आफूलाई नेकपा एमालेमा तानेको बताएका छन्।
पूरा पढ्नुहोस्

सिफारिस