अझै छन् म्याराडोना अर्थात फुटबलका भगवान

काठमाडौं। पछिल्लोपटक मैले डिएगोको आवाज गतवर्षको सुरुवातमा सुनेको थिए। त्यसबेला म मेरो प्रशिक्षणमा रहेको मेक्सिकन क्लब पाचुका छाडेर अर्जेन्टिना आएको थिएँ।
 
जब मेरो फोन बज्यो। मैले को हो भन्ने हेरेँ, इमानदारी साथ भन्नुपर्दा म अच्चम्ममा परेँ। किनकि मैले त्यो समयमा डिएगोसँग फोन गर्ने समय होला भन्ने सोचेकै थिइनँ। 

मेरो मतलब, डिएगो भएको कारण उनको सातै दिन २४ घण्टा नै काम हुन्थ्यो, तपाईलाई थाहा छ? जीवनभर उनी जहिले पनि समर्थकहरु र पत्रकारहरुबाट पछ्याइरहेका हुन्थे। यो उनका लागि थकाईलाग्दो भइसकेको हुनुपर्छ। तर अहिले उनी अर्जेन्टिनाको पहिलो डिभिजनको क्लब जिम्नासिया वाई इसग्रिमा ला प्लेटलाई प्रशिक्षित गरिरहेका थिए।

तर म गलत थिएँ, कसैगरी उनले मलाई फोन गर्ने समय भेट्टाए। लामो सयमसम्म हामी नजिक थियौं। तर हामीले सँगै काम नगरेको लगभग एक दशक भइसकेको थियो। तर पक्कै पनि डिएगोसँग त्यो सम्बन्ध कहिल्यै व्यावसायिक हुदैनथ्यो। उनीसँग यो जहिले पनि व्यक्तिगत हुन्थ्यो। 

उनले भने ‘हेलो मार्टिन, तिमी के गर्दैछौ? तिम्रो परिवारलाई कस्तो छ? तिमी एउटा बारबिक्यु बसाईका लागि कहिले आउदै छौं? 

र साच्चै नै त्यो आवाज डिएगोको थियो। उनलाई आफ्नो वरपर रहेकाहरुका लागि उनको महत्व कति छ भन्ने थाहा थियो। त्यसैले त  डिएगो मलाई केही आवश्यक परे उनी सधै साथ छन् भन्ने बताउन चाहन्थे। उनी सधै त्यस्तै थिए, सधै मायालु, सधै तपाईलाई जाँच गरिरहने। र सधै तपाईले अन्त्यन्तै कम सोचेको कुरा देखाईदिने।

तपाईले बुझ्नुपर्ने कुरा उनी मलाई मात्रै होइन सबैलाई उत्तिकै माया गर्थे। यसले तपाईलाई उनीसँग अविश्वसनीय न्यानो व्यक्तित्व भएको अनुभव दिन्थ्यो। 

यसैकारण मैले अझै पनि उनी हामीबाट टाढा भैसकेका छन् भन्ने सत्यलाई आत्मसाथ गर्न सकेको छैन। 

डिएगो हामीबाट टाढा भएको महिनौं भैसक्यो। जब मैले यो खबर सुनेँ, मैले उनीसँग निकै नजिक भएका एक पत्रकार साथीलाई म्यासेज गरे। “यो सत्य हो?” उनले जवाफ फर्काए “हो”। र त्यो समय तपाई त्यसमा विश्वास गर्न सक्नुहुन्न। 

तपाई सम्झनुस त कति पटक डिएगोलाई त्यस्तै भएको थियो? जतिबेला उनी अस्पतालमा हुन्थे, उनको मृत्यु भएको भन्ने अफवाहहरु फैलिरहन्थे। त्यसैले यो खबर सुन्दा पनि तपाईलाई लाग्छ, “यो हुनै सक्दैन्, उनीहरु त्यसै भनिरहेका छन्। साँच्चै नै उनलाई केही भएको छैन्। र अन्त्यमा साच्चै नै केही भएको हुँदैनथ्यो।

म्याराडोना सधैं स्वस्थ हुन्थे। म्यारोडोना सधै जित्थे। यस्तो धेरैपटक भएको थियो। त्यसैले तपाईले यो त्यसै अर्को घटना भएको सोच्नुभयो होला।”

तर त्यसपछि म्यारोडोना स्वस्थ भएको समाचार कहिल्यै आएन। 

मैले जति पर्खेँ, त्यति नै म चिन्तित भए। मैले यो सत्य भए–नभएको जान्न उनकी पूर्वपत्नी क्लाउडियालाई पनि म्यासेज गरे। उनले पनि यो सत्य भएको बताइन्। तर अझै तपाई यसमा विश्वास गर्नुहुन्न। तपाईको दिमागले यसलाई स्विकार्न इन्कार गर्दछ। मेरा लागि डिएगो सधै त्यही हुनेछ। मैले उनले १०० वर्षपछि मात्रै छाडी जान सक्ने भनि आफूलाई विश्वास दिलाए। 

अहिले, दिनहरु बित्दै गर्दा, म अझै यहि अनुभुत गर्दैछु, जुन सत्य होइन। 
पक्कै पनि डिएगो अझै यहि छन्। 

मेरा लागि म्यारोडोनाबिनाको संसार कल्पनै गर्न नसकिने विषय हो। मैले धेरै अर्जेन्टिनीहरुसँग यो कुरा गरँे।

म बच्चा हुँदैदेखि, उनी सधै हन्थे, तर म छुन सक्दैनथे। जब मैले उनलाई १९८६ कोे विश्वकप खेलेको देखेँ, मैले थाहा पाएँ कि विश्वका लागि उनी के थिए र हाम्रा लागि के थिए भनेर। त्यस बेलादेखि डिएगोले फुटबलमा के हुन सक्दछ भन्ने बारेमा मेरो सबै धारणा परिर्वतन गरिदिए। 

म अझै उनलाई मलाई फुटबल बुझाउने आकृतिको रुपमा हेर्दछु। 

म अझै ति फुटबल खेल्दाका भावनाहरु महसुस गर्छु। र जब मैले म्यारोडोनालाई १९८६ मा देखे, ति भावनाहरु प्रस्फुटित भए। म मेरा अभिभावकहरु र दाजुसँग बसेर कोठाबाट खेल हेर्दै थिएँ। मैले म्याराडोनाले माथिबाट फुटबल लिएको देखेँ। मैले त्यो कहिल्यै सम्भब छ भन्ने सोचेको थिईनँ। त्यो गोल, त्यो जित, त्यो सर्मपण। त्यो फुटबल थियो।

जब हामी विश्वकप उपाधिको खुसी मनाउन बाटोमा निस्कियाैं, मलाई थाहा थियो, त्यो सन्तुष्टिको स्वाद जसलाई फुटबलले मात्रै ल्याउन सक्ने थियो। र त्यो भावनाको स्रोत म्याराडोना थिए। 

पक्कै पनि मैले फुटबलले पीडा दिन्छ भन्ने पनि थाहा पाएँ। बच्चामा तपाईले रमाइलोका लागिमात्र फुटबल खेल्न सुरु गर्नुहुन्छ। कसैले तपाईलाई केही गरेर देखाउ भनेर बल पनि गर्दैनन्। तर जब तपाई व्यवसाहिक फुटबलर बन्नुहुन्छ, तपाईको फुटबलसम्बन्धि पूरा धारणा नै बद्लिन्छ। 

मेरो लागि स्टुडियन्ट्स डि ला प्लाटामा सामेल हुनु एक सपना थियो। जुन क्लबलाई म सानो छदाँ समर्थन गर्थेँ। मेरो दाई र बाबाको क्लब। मेरो पूरा परिवार ला प्लाटाबाट आएको थियो। तर मैले चोटपटक असफलता र निरासाहरुको पनि अनुभव गर्न थाले। त्यो उदासीपन अरुले भन्दा डिएगोले बढी दिएका थिए।

वास्तवमा, अमेरिकामा १९९४ को विश्वकप भइरहेको थियो। त्यतिबेला मैले डिएगोलाई नभेट्दै उनीसँग नजिक भएको सोचेको थिएँ। त्यसबेला म्याराडोनालाई प्रतियोगिताबाट निष्कासन गरिएको थियो। 

त्यसबेला म्याराडोनाले आफ्नो ‘खुट्टा काटिएको’ बताएका थिए। म त्यसबेला २० वर्षको थिएँ र दुई वर्ष पहिले मात्रै व्यावसायिक फुटबलमा ‘डेब्यु’ गरेको थिएँ। डिएगोलाई त्यहाँ पीडामा देख्दा ममा उनीप्रति एक नयाँ आर्कषण पैदा भयो। जब मैले उनलाई रोईरहेको देखेँ, मैले त्यसै गर्न चाहेँ। मैले त्यतिबेला कस्तो महशुस गरिरहेको थिए भन्ने बताउन निकै मुश्किल छ। म यति मात्रै भन्न सक्छु कि म पहिले भन्दा अझै धेरै उनीसँग जोडिएको थिएँ। उनी म्याराडोना थिए, उनी भगवान थिए, तर उनी मानिस पनि थिए, तपाईलाई थाहा छ?

मैले कहिल्यै सोचेको थिइनँ, म उनीसँग यति नजिक हुन्छु भनेर, जति भएको थिए। उनलाई व्यक्तिगत रुपमा भेट्नु एक सपना थियो, जुन सत्य भयो। पहिलो पटक जब म स्टुडियन्टस्को लागि बोका जुनियर्सविरुद्ध अगस्ट १९९६ मा खेलेको थिएँ। हामी दुवै कप्तान थियाैं। त्यसैले हामी दुवैजना खेल सुरु हुनुभन्दा पहिले मैदानको बीच भागमा भेट्याैं। टस गरिसकेपछि मैले डिएगोलाई साहस साथ भने, “डिएगो, खेल सकिएपछि तिमी मलाई तिम्रो जर्सी दिन सक्छौं?” म एक समर्थक जस्तै भएँ, र म थिएँ पनि। तर त्यहाँ के भयो, हामीले खेल जित्यौ, मैले दुई गोल गरे, र खेल सकिएपछि मैले जर्सी लिनका लागि एक मान्छेलाई पठाएँ। डिएगोले मलाई जर्सी पठाइदिए। 

“यदि मैले गोल गरेँ भने मलाई तिम्रो मुन्द्रा दिनुपर्छ” भनेको थिएँ। म खाली ठट्टा गर्दै थिएँ, तर साच्चै नै अर्को दिन मैले गोल गरेँ। उनले मलाई मुन्द्रा दिए पनि। मसँग त्यो अझै उनको चिनोका रुपमा छ। यसलाई पर सुरक्षितसाथ राखेको छु, एक अत्यन्तै मूल्यवान धन जसरी। 

केही महिनापछि म्याराडोनाले बोकाका प्रशिक्षक माउरिसियो माक्रीसँग मलाई स्टुडियन्ट्सबाट ल्याउनका लागि कुरा गरे। यो १९९७ को कुरा हो, त्यो समय बोकामा जानु एक ठूलो सम्मानको कुरा थियो। त्यो टिम अविश्वसनीय थियोः डिएगो त्यहाँ थिए, क्लाउडियो क्यानेजिया, डिएगो लाटोरे, नाभारो मोन्टोया, नेस्टोर फेब्री, बेरोस स्लोटो जुम्ल्याहा। तर क्लबले उपाधिहरुको ठूलो यात्रा भने गरेको थिएन। त्यसैले समर्थकहरु खुशी थिएनन्। तर पनि डिएगो त्यहाँ भएका कारण सबै शान्त थिए। उनको उपस्थिति नै समर्थकका लागि सबै कुरा थियो। 

म अझै म्याराडोनाको करियरको अन्तिम समयमा उनीसँग खेल्न पाउनुलाई ठूलो भाग्य ठान्दछु। पक्कै पनि मैले कहिल्यै उनको १९८० को दशकको सफलताको स्वाद पाइनँ। जब उनी नेपोलीमा थिए। वास्तवमा त्यतिबेला उनी अर्कै म्याराडोना थिए। तर तपाई अझै उसमा श्रद्धा राख्नुहुन्छ। उनी प्रशिक्षणमा आउदा त्यहाँ सबै रोकिदैछ भन्ने लाग्थ्यो, र हामी उनले बलसँग के गर्दछन् भन्ने हेरेर मात्रै बस्थ्यौं। मैले बढाई चढाई गरेको होइन, साँच्चै नै उनी बललाई जहाँ चाह्यो, त्यहाँ हाल्न सक्थे। 

त्यस समयमा, डिएगोमा प्रतिभा मात्रै थिएन। उनीसँग खेल्दा वा उनको नजिक मात्रै हुँदा पनि हामीमा विशेष प्रकारको विश्वास भरिन्थ्यो। मोनुमेन्टलमा रिभरप्लेटविरुद्ध उनको अन्तिम खेल सुपरक्लासिको थियो। मैदान बाहिर निस्कँदा तपाई देख्न सक्नुहुन्थ्यो, उनमा कति तनाव थियो भन्ने। दुर्भाग्य, उनी घाइते भएर मध्यान्तरमा निस्किए। मैले खेलमा विजयी गोल गरेँ। त्यसैले अन्त्यमा हामीले दुई चिजको उत्सव मनायौं, एक मेरो विजयी गोलको र अर्को उनको अन्तिम खेलको। हामीले गायौं, नाच्यौ, हामी खाना खान बाहिर गयौं। कसैसँगको त्यस्तो अनुभव जिन्दगीभर यादगार हुने गर्दछ। अझ डिएगोसँग यस्तो अनुभव साट्न पाउनु वास्तवमै धेरै, धेरै विशेष थियो। 

डिएगोसँग बिताएको समय निकै छिटो गयो । त्यो केही महिना मात्रै थियो। तर विगतमा फर्किँदा मलाई यसले अझ धेरै आनन्द दिन्छ। डिएगोलाई थाहा थियो उनी सन्न्यासको नजिक छन् भन्ने। तर उनले अन्त्यसम्म लडाई जारी राखे। उनले आफूलाई हरेक तरिकाबाट टिममा समर्पण गरे। झन उनी अन्त्यको नजिक हुदाँ उनको शरीरले राम्ररी साथ दिइरहेको थिएन। तर पनि उनी आफूलाई अन्तिम सीमासम्म पुर्‍याउँथे। उनी समर्थकका लागि क्लबमै रहन चाहन्थे । 

यो एक योद्धाको चलचित्र जस्तै थियो। एक योद्धा जो सबैविरुद्ध लड्दछ, तर उ आफ्नो लागि भने केही गर्न सक्दैन। एक योद्धाले यो सबै अरुको भलाईका लागि गर्दछ। म म्याराडोनालाई यसरी नै हेर्ने गर्दछु। व्यक्तिगत रुपमा उनी एक कलाकार थिए। अनि टिमका लागि एक योद्धा। 

डिएगोले सन्न्यास लिए। किनभने यो आवश्यक थियो। उनी यसभन्दा धेरै आफूलाई अघि बढाउन सक्दैनये। उनको शरीर अब थप दिन नसक्ने भइसकेको थियो। उनले फुटबलका लागि सबै दिइसकेका थिए।

त्यसपछि हामीले नयाँ सम्बन्ध बनाउन थाल्याैं। हामी बोकाको माध्यमबाट एकीकृत भएका थियाैं । म्याराडोना पछि क्लबको निर्देशकको रुपमा आउँदा पनि म क्लबमा खेलिरहेको थिएँ। हामीले अझै धेरै अन्तरक्रिया गर्‍याैं। त्यसपछि हामी व्यक्तिगत रुपमा झनै नजिक हुन थाल्यौं। 

हामीले एकअर्कालाई इशाराहरु देखाउन थाल्यौ, जसको मतलब एकाअर्काका लागि धेरै थियो। उनी मेरो विवाहमा आए। जब मैले मेरो नवजात शिशुलाई गुमाएँ, त्यसबेला पनि उनी मसँगै थिए।

जब उनी निकै खराव समयबाट गुज्रिरहेका थिए, म उनको परिवारसँग थप नजिकिएँ। 

हामी फेरि सँगै काम गर्छौ भनेर मैले कहिल्यै सोचेको थिइनँ। मैले उनीसँगै विश्वकप जाने त कल्पना पनि गरेको थिइनँ। मैले अर्जेन्टिनाका लागि १९९९ देखि खेलेको थिइन्। त्यसपछि २००८ मा ३४ वर्षको हुँदा मेरो दाहिने घुडाको लिगामेन्टमा समस्या आयो। त्यसपछि फेरि मैले फुटबल खेल्न सक्छु भन्ने लागेको थिएन। 

तर म चाढै नै २००९ मा स्वस्थ भएँ। मेरो भाग्यको नयाँ मोड मान्नुपर्छ, त्यसै बेलादेखि डिएगोले राष्ट्रिय टिमको जिम्मेवारी लिएका थिए। त्यसपछि उनले युरोपका खेलाडीमा मात्रै निर्भर नभई अर्जेन्टिनामै खेलेका खेलाडीहरुमा विश्वास गर्न थाले। अचानक उनले मलाई बोलाए। मैले अर्जेन्टिनाको लागि नखेलेको एक दशक भइसकेको थियो, र अहिले डिएगोले मलाई देशबाट खेल्न दिन सुरु गरे। 

त्यसबेला हामी विश्वकप छनोटको अन्त्यतिर थियौं। २०१० को अर्जेन्टिनाको विश्वकप टोलीको हिस्सा बन्दैछु भन्ने मैले थाहा पाएँ।

डिएगोका लागि खेल्नु एक विशेष अनुभव थियो। उनले हाम्रा लागि के गरे भन्ने हामीले अझ राम्ररी महशुस गर्ने मौका पायौं। उनी हामीमा मनोबल भरिदिन्थे, जुन खेल रणनीतिभन्दा बाहिरको कुरा थियो। विश्वकपको अन्तिम १६ मा पुग्दा हामीले विश्वकपको उपाधि जित्छौं भन्ने सोचेका थियांै। किनभने यस्तो सोच डिएगोको माध्यमबाट आएको थियो। उनले खेलाडीको रुपमा विश्वकप जितेका थिए। तर प्रशिक्षकको रुपमा विश्वकपको उपाधि जित्न बाँकी थियो, र अहिले उनी विश्वकपमा एक टिमको नेतृत्व गरिरहेका थिए। यसले धेरै कुरा हुन सक्ने देखाउथ्यो। यो एक भाग्य जस्तै देखिन्थ्यो। 

पक्कै पनि, हामीले विश्वकप जित्न नसकेको कुरा मेरा लागि जिन्दगीको सबैभन्दा ठूलो निराशजनक कुरा थियो। यो मेरा लागि डिएगो र मेरो करियर दुवैमा सबैभन्दा खराब निराशा थियो। 

मेरो राष्ट्रिय टोलीसँगको स्मृतिहरुले मलाई कहिल्यै छाड्ने छैनन। मसँग यसलाई याद गर्नका लागि स–साना कुराहरु छन्। डिएगो सधै कानमा मुन्द्रा लगाउँथे, जसले वरपरको वातावरणलाई नै उज्यालो बनाउँथ्यो। त्यसैले एउटा खेल अघि मैले उनलाई “यदि मैले गोल गरेँ भने मलाई तिम्रो मुन्द्रा दिनुपर्छ” भनेको थिएँ। म खाली ठट्टा गर्दै थिएँ, तर साच्चै नै अर्को दिन मैले गोल गरेँ। उनले मलाई मुन्द्रा दिए पनि। मसँग त्यो अझै उनको चिनोका रुपमा छ। यसलाई पर सुरक्षितसाथ राखेको छु, एक अत्यन्तै मूल्यवान धन जसरी। 

मैले फेरि समय फर्काउन सक्ने भए म डिएगोका अन्तिम वर्षहरुमा उनका लागि सक्ने जती सबै गर्थे। म उनलाई अली बढी प्राकृतिक, अली बढी वास्तविक जीवन जिउन सहयोग गर्थे। म उनको उमेर अझ बढेको हेर्न चाहन्थे। तर डिएगोलाई मदत गर्नु एकदमै मुस्किल थियो। धेरैले मदत गर्न खोजेका पनि थिए, धेरैपटक। उनलाई के भएको थियो भन्ने बुझ्न एकदमै मुस्किल थियो। मलाई उनले अन्तिम दुई वर्ष जसरी बिताए, त्यो मन परेको थिएन। उनी शारीरिक र मानसिक दुवै रुपमा निकै खराब अवस्थामा थिए। उनी मैले हेर्न चाहेको म्याराडोना थिएनन्।
 
म सधैं उनी एक्लै गएकोमा निकै पछुताउछु। उनले राम्रो हेरचाह पाएका थिएनन्। उनले त्यस्तो जीवन बाँचेनन्, जसका लागि उनी योग्य थिए।
 
म कहिल्यै म्याराडोनालाई मूल्यांकन गर्ने छैन। उनले केही गल्ती गरेँ। त्यो हामी सबैलाई थाहा छ। तर उनी आफ्नो जीवन बाँचे। मेरो चासो डिएगो को हुन् र उनले मलाई कस्तो महशुस गराए भन्ने हो। यसलाई व्याख्या गर्न निकै कठिन छ, विशेषगरी फुटबलको सन्र्दभमा।  जो भगवान अझै छन् भन्नेमा विश्वास गर्छन्, म म्याराडोना फुटबलका भगवान हुन भन्ने विश्वास गर्दछु। भगवान हरेक क्षेत्रमा रहन्छन्। मेरा लागि जसरी म्याराडोना फुटबलमा थिए। 

मलाई थाहा छैन कुन दिन मैले सत्यको सामना गर्नुपर्छ भन्ने। सायद कुनै बिन्दुमा म म्याराडोना हामीबाट गईसके भन्ने सत्य स्वीकार्छु होला, जसरी मैले मेरो छोराको मृत्युलाई स्वीकारेको थिएँ। सत्यको त्यो पुल पार गरेपछि म भन्ने छु, उनी यहाँ छैनन्। म अब उनलाई देख्न सक्ने छैन। 

तर अझै त्यो विन्दुमा पुगेको छैन। यो निकै पीडादायी र अति नै वास्तविक कुरा हो। 

मेरा लागि डिएगो अझै यहीँ छन्। भगवान अझै छन्। र सधैं रहनेछन्। 

विचार / अन्तर्वार्ता खेलकुद

अझै छन् म्याराडोना अर्थात फुटबलका भगवान

प्रकाशित: मंगलबार, चैत ३, २०७७ १०:२०
  • म म्याराडोना फुटबलका भगवान हुन भन्ने विश्वास गर्दछु। भगवान हरेक क्षेत्रमा रहन्छन्। मेरा लागि जसरी म्याराडोना फुटबलमा थिए। 
  • सत्यको त्यो पुल पार गरेपछि म भन्ने छु, उनी यहाँ छैनन्। म अब उनलाई देख्न सक्ने छैन। 
  • मेरा लागि डिएगो अझै यहीँ छन्। भगवान अझै छन्। र सधै रहनेछन्। 

सिफारिस