कांग्रेसले चाँडो निर्वाचन होस् भन्ने चाहेको छ : जगदीश्वर नरसिंह केसी

काठमाडौँ। नेपाली कांग्रेसका नेता जगदीश्वर नरसिंह केसीले नेपाली कांग्रेसले प्रधानमन्त्रीका विरुद्ध संसदमा अविश्वासको प्रस्ताव नलग्ने बताएका छन्। 

“हामी प्रतिपक्षमा छौँ। नेकपा माओवादीले समेत सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन,” आज देखापढीसँग कुरा गर्दै नेता केसीले भने, “प्रधानमन्त्री अल्पमतमा पर्नु भएको छैन। यस्तो अवस्थामा कांग्रेसले अविश्वासको मत लग्नुको अर्थ छैन तर माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ। त्यो अवस्थामा कांग्रेसले सरकारलाई विश्वासको मत दिँदैन।”

उनले आफ्नो पार्टी चाँडो चुनावको पक्षमा रहेको पनि स्पष्ट पारेका छन्। “हामी त अहिले अर्लि चुनावको पक्षमा छौँ। काग्रेसले सहमतिमा चुनावी सरकार बनाएर एक वर्षअघि अर्लि निर्वाचन होस् भन्ने चाहेको छ र ताजा जनादेशले मुलुक ठिक बाटोमा जाने कुरा पनि ठम्याएको छ,” उनले थपे।

“जनताले नेकपालाई दुई-तिहाइको छेउमा पुर्‍याए, नेकपाले जनमत सम्हाल्न सकेन,” नेता केसीले भने, “अब ताजा जनादेशमा जाँदा राम्रो हुन्छ। कांग्रेस सरकारको नेतृत्व गर्न हतारिएको छैन तर देशलाई नेतृत्वविहीन अवस्था राख्न सकिँदैन। माओवादी केन्द्रले ‘त्वं शरणं गच्छामि’ भनेर ‘सरकारको नेतृत्व गर’ भन्यो भने मात्र कांग्रेसले सरकारको नेतृत्व गर्ने हो।”

यसबाहेक नेपाली राजनीतिक परिदृश्यमा अझै थुप्रै सम्भावना जीवित रहेको उनले भए। “ओली-प्रचण्ड मिल्ने, ओली-माधव नेपाल मिल्ने वा ओली-जसपा मिल्ने सम्भावनासमेत बाँकी छ। यस्तो अवस्थामा कांग्रेसले सत्ता समीकरणबारे चासो राखेर समय खर्च गर्दैन।” 

नेपाली कांग्रेस आफै भदौसम्म महाधिवेशन गर्नुपर्ने बाध्यतामा भएकोले तत्काल पाँच-छ महिनासम्म सरकारको नेतृत्वमा नजाने अवस्था रहेको उनले स्पष्ट पारे।

राजनीति

कांग्रेसले चाँडो निर्वाचन होस् भन्ने चाहेको छ : जगदीश्वर नरसिंह केसी

प्रकाशित: सोमबार, चैत २, २०७७ २०:०७
सारांशमा :
  • नेपाली कांग्रेसका नेता जगदीश्वर नरसिंह केसीले नेपाली कांग्रेसले प्रधानमन्त्रीका विरुद्ध संसदमा अविश्वासको प्रस्ताव नलग्ने बताएका छन्। 
  • नेपाली कांग्रेस आफै भदौसम्म महाधिवेशन गर्नुपर्ने बाध्यतामा भएकोले तत्काल पाँच-छ महिनासम्म सरकारको नेतृत्वमा नजाने अवस्था रहेको उनले स्पष्ट पारे।
पूरा पढ्नुहोस्

सिफारिस