थारु समुदायले जोगाएको ‘मधानी’

नेपाल विशिष्ट संस्कृतियुक्त देश हो। यहाँका कतिपय विशिष्ट स्थानको मौलिक संस्कृतिबारे धेरै कुरा शोधखोज गर्न र जान्‍न बाँकी नै छ। देशको यस्तै विशिष्ट भूखण्डमा प्रचलित देवादिदेव महादेवसित सम्बन्धित विशिष्ट संस्कृतिको रूपमा मधानी परम्परा पनि रहेको छ। 

कोसीभन्दा पश्चिम, नारायणीभन्दा पूर्व चुरे पर्वत शृंखलाभन्दा दक्षिण गंगासम्मको भूभाग प्रागैतिहासिक कालदेखि शिवपूजनको क्षेत्र मानिएको छ। यसै क्षेत्रबाट नेपाल उपत्यकामा प्रवेश गरेका लिच्छविहरूको वैशालीमा अति प्राचीन शिव मन्दिर फेला पर्नु, मौलापुरको पतौरामा पनि झण्डै लिच्छविकालकै पुरातात्विक महादेव मन्दिर र संरचना फेला पर्नु, १११४ सालमा रौतहटकै ईशनाथमा ईशनाथ महादेव मन्दिरको स्थापना हुनुजस्ता तथ्यका साथै यस क्षेत्रमा प्रचलित शिवपूजनका विशिष्ट लोकपरम्पराले यसलाई पुष्टि गर्छन्। शिवपूजनको यस्तै विशिष्ट लोकपरम्परामध्ये मधानी यज्ञ पनि एक हो।

मधानी यज्ञमा कुनै पण्डित पुरोहित वा पूजारीको आवश्यकता पर्दैन। मुख्य गरी प्रदेश दुईको बारा र रौतहटमा प्रचलित मधानी यज्ञ गराउने कमरथुआहरू हुन्। कमरथुआ भनेका विशिष्ट बोलबमहरू हुन्, जो निर्धारित समयका लागि शिवका विशिष्ट भक्त बन्छन् र सम्पूर्णतः साधुजीवन व्यतीत गर्छन्। भाकल वा मनोकामना पूरा भएका तथा गराउन सर्वसाधारण मानिस नै निश्चित समयका लागि कमरथुआ बन्छन्।

मधानी यज्ञ जहिलेसुकै हुँदैन। कमरथुआहरूले नै यज्ञका सबै विधि र पद्धति पूरा गर्नुपर्ने हुँदा यज्ञकर्ताले पनि कमरथुआका मान्यजन, खजान्ती वा सिपाहीसित समन्वय गरेर कहिले सम्पन्‍न गर्ने भन्‍ने निश्चित गर्नुपर्ने हुन्छ। मुख्य गरी श्रीपञ्‍चमी र महाशिवरात्रिको समयमा कमरथुआहरूले शिवालयमा पूजा गरी घर फर्किनुअघि निर्धारित सबै मधानी यज्ञ सम्पन्‍न गरिसक्नु पर्ने हुन्छ।

शिव-पार्वती विवाहको विशिष्ट उत्सव मधानी हो। शिव-पार्वतीको विवाहका सम्पूर्ण विधि तथा पद्धतिहरू कमरथुआहरूले निर्वाह गर्छन्। शिव, पार्वती, नन्दी, भृंगी तथा गणहरू सबैको भूमिकामा कमरथुआ नै हुन्छन्। डमरूसहित विभिन्‍न बाजा बजाउने, गीत गाउने, नृत्य गर्ने पनि कमरथुआहरू नै हुन्छन्।

शिव–पार्वतीको विवाहोत्सवको अवसरमा गरिने विशेष सांगीतिक तथा लोकसांस्कृतिक अनुष्ठान मधानी यज्ञमा शिव र पार्वतीको विधिपूर्वक पूजा, अर्चना, प्रार्थना र आरती पनि गरिन्छ। यज्ञकर्ताको सहभागितामा पूजाको विधि सम्पन्‍न हुन्छ। र, मधानीमा यज्ञकर्ताको भूमिका भनेको व्यवस्थापन पक्षमात्र हुन्छ।

मधानी सँगसँगै लखराँवको पनि प्रचलन रहेको छ। लखराँव वास्तवमा शिवको राज्याभिषेकको प्रतीक यज्ञ हो। काँचो माटोको लाखौं शिवलिंग बनाएर बेलपत्रसहित अन्य सामग्रीले विधिपूर्वक शिवको पूजा गरिने चलन रहेको लखराँवमा पण्डित पूजारीको आवश्यकता हुन्छ। लखराँव र मधानी दुवै यज्ञ एकैचोटि गराइँदा अन्य पूजापद्धतिहरू अपनाइनु पर्ने हुँदा मधानी महायज्ञ बन्‍न पुग्छ।

लोपोन्मुख अवस्थामा पुगेको मधानीलाई बारा र रौतहटका मुख्य गरी थारू समुदायले बचाएर राखेका छन्। संस्कृतिप्रति तुलनात्मक रुपमा सचेत थारूहरूले मधानी यज्ञको पुनरोद्धारमा विशेष योगदान दिएका छन्। देशको आदिबासी जनजातिले यस संस्कृतिलाई बचाइराख्ने विशिष्ट सांस्कृतिक भूमिका निर्वाह गर्नु पनि अनुसन्धानको विषय बनेको छ। यस क्षेत्रका अन्य जाति तथा समुदायको पनि मधानी यज्ञप्रति श्रद्धा र सम्मान हुनुका साथै यो परम्परा बचाउनमा योगदान रहेको छ। 

मधानी सम्पन्‍न भएपछि शिवका गण हुँ भन्दै सयौं मानिस (मुख्य गरी कलैया र सरभङ जातिका) यज्ञकर्तासित अन्‍न, द्रव्य र वस्त्र माग्‍न आइपुग्छन्। मधानी यज्ञमा शिवका गणहरूको हक नै लाग्छ भन्‍ने लोकमान्यता रहेको छ। यस क्षेत्रका कतिपय जातिले आफूलाई शिवका गणहरूकै वंश परम्पराका सन्तति मान्‍ने गरेको दाबी पनि रहेको पाइन्छ। यस विषयमा पनि गहिरो अध्ययन र अन्वेषणको आवश्यकता छ। सबैलाई सन्तुष्ट पारेपछि मधानी यज्ञकर्ता आफूलाई गौरवान्वित भएको ठान्दछन् र समाजमा सम्मानित पनि हुन्छन्।

यस क्षेत्रको शिवपूजासम्बन्धी विशिष्ट लोकपरम्परा मधानी यज्ञलाई मौलापुर नगरपालिकाले पहिलोचोटि औपचारिक सार्वजनिक महायज्ञको रूपमा सञ्‍चालन गरी पुनर्जीवन दिइरहेको छ। लोपोन्मुख अवस्थामा पुगेको कमरथुआ र मधानी परम्परालाई मौलापुरको पतौरामा रहेको यस पुरातात्विक महादेव मन्दिरको उत्खनन्पश्चात् पुनरोद्धार भएको छ। यज्ञको निरन्तरता यस परम्परागत पुरातात्विक महादेव मन्दिरमा हुनु सुखद ऐतिहासिक संयोग हो।

पुरातात्विक महादेवको मन्दिरको चारैतिर धरतीको गर्भभित्र अनेक पुरातात्विक संरचना छन्। तिनको वैज्ञानिक अध्ययन, अन्वेषण र उत्खनन्का साथै संरक्षण हुनु आवश्यक छ। नेपाल उपत्यकामा लिच्छवि शासन रहेको समयको आसपासकै यो पुरातात्विक महादेव मन्दिर रहेको अनुमान छ। यस मन्दिरको संरचना र अवशेष २०५४ सालमा प्राप्त भएको हो। १११४ सालमा स्थापित ईशनाथ महादेव मन्दिरको भग्‍नावशेष अहिलेसम्म रहिरहनु र पुरातात्विक महादेवको भग्‍नावशेष धरतीमा विलीन भई हालै मात्र प्राप्त हुनुले यो मन्दिर कर्नाटकालीन मात्र हो भन्‍नु त्यत्ति युक्तिसंगत देखिँदैन।

मौलापुर नगरपालिकाले इतिहास, संस्कृति र मौलिकताको संरक्षणमा विशेष तदारुकता देखाइरहेको र यस मन्दिरलाई सम्पदा सूचीमा सूचीकृत गराउने, पुरातात्विक उत्खनन् तथा अन्वेषण गराउने र सुन्दर शिवधामको रूपमा यस नगरीलाई चिनाउने उद्देश्य राखिनु स्तुत्य कार्य हो।

यस क्षेत्रमा प्रचलनमा रहेका विभिन्‍न विशिष्ट संस्कृतिहरू लोकपर्व छठ, मधानी यज्ञ, गढीमाई पूजा आदिमा कुनै पण्डित पुरोहितको आवश्यकता नहुनुले विशिष्ट सांस्कृतिक पहिचानलाई स्थापित गर्छ। सर्लाहीदेखि बारासम्मको क्षेत्रमा प्रचलित संस्कृति तथा परम्पराहरुको गहिरो अध्ययन हुने हो भने देशले विशिष्ट मौलिक परम्परा प्राप्त गर्ने प्रबल सम्भावना छ।

विचार / अन्तर्वार्ता

थारु समुदायले जोगाएको ‘मधानी’

प्रकाशित: बिहिबार, फागुन २७, २०७७ १४:४८
सारांशमा :
  • मधानी यज्ञमा कुनै पण्डित पुरोहित वा पूजारीको आवश्यकता पर्दैन। मुख्य गरी प्रदेश दुईको बारा र रौतहटमा प्रचलित मधानी यज्ञ गराउने कमरथुआहरू हुन्। 
  • लोपोन्मुख अवस्थामा पुगेको मधानीलाई बारा र रौतहटका मुख्य गरी थारू समुदायले बचाएर राखेका छन्। संस्कृतिप्रति तुलनात्मक रुपमा सचेत थारूहरूले मधानी यज्ञको पुनरोद्धारमा विशेष योगदान दिएका छन्।
  • यस क्षेत्रमा प्रचलनमा रहेका विभिन्न विशिष्ट संस्कृतिहरू लोकपर्व छठ, मधानी यज्ञ, गढीमाई पूजा आदिमा कुनै पण्डित पुरोहितको आवश्यकता नहुनुले विशिष्ट सांस्कृतिक पहिचानलाई स्थापित गर्छ। 
पूरा पढ्नुहोस्

सिफारिस