सरकार-विप्लव सहमति : जबजको उपलब्धि

नेकपाको दाहाल-नेपाल समूहले प्रधानमन्त्री के पी शर्मा ओलीको राजिनामा मागिरहेको बेला, प्रधानमन्त्री पदबाट आफ्नो पार्टीको प्रधानमन्त्रीलाई ‘गलहत्याएर’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सो पद सुम्पन भगिरथ प्रयत्न गरिरहेको बेला सरकारले नेपाली जनतालाई अर्को एक ऐतिहासिक उपहार दिएको छ। 

सरकारले लामो प्रयत्न गरेर करीब एक दशकअघिदेखि देशका विभिन्न भागमा हिंसात्मक गतिविधि गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन सफल भएको छ। शान्ति र समृद्धिको उत्कट चाहना राख्ने नेपालीलाई यो निकै महत्त्वको उपहार हो।

माओको दीर्घकालीन जनयुद्धको प्रभावमा परेर नेपालमा एक दशक प्रचण्डको नेतृत्वमा भएको हिंसात्मक संघर्षमा करिब १७ हजार निर्दोष नेपालीको ज्यान गएको थियो। वि.सं. २०४९ सालमा जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवादी (जबज) विचारलाई नेपालको कम्युनिस्ट आन्दोलनको मूल विचारको रूपमा अघि सारेपछि त्यसले राष्ट्रव्यापी अनुमोदन प्राप्त गरेको थियो। 

जनताको बहुदलीय जनवादलाई नस्वीकारेर ‘माओवाद’ भन्दै जङ्गल पसेको प्रचण्डको समूह एक दशकपछि सत्ता बलजफ्ती कब्जा गर्ने लाइन छोडेर जबजकै लाइनमा फर्किएर निर्वाचनबाट श्रेष्ठता हासिल गर्ने राजनीति शुरु गर्‍यो। लोकतन्त्रलाई पुँजीवादीहरूको सेवा गर्ने शासनको रूपमा व्याख्या गर्दै आएको ‘संसदलाई खसीको टाउको देखाएर बाख्राको मासु बेच्ने थलो’को रूपमा बुझ्दै र व्याख्या गर्दै आएको तत्कालीन माओवादी पक्षको अधिकांश शक्ति शान्तिपूर्ण संसदीय राजनीतिका खेलाडी भएको डेढ दशक बितिसक्दा पनि माओवादी ‘जनयुद्ध’कै कार्यनीति बोकेर हिडिरहेका ‘विप्लव’लाई जनताको बहुदलीय जनवादी लाइनमा ल्याउन वर्तमान सरकार सफल भएको छ।

झापा विद्रोह हुँदै पार्टी बनेको तत्कालीन नेकपा (माले)ले झण्डै एक दशक नौलो जनवाद प्राप्तिका लागि सशस्त्र संघर्ष बाटो तय गरेको थियो। पछि बिस्तारै त्यो पार्टीले जनपरिचालनको कार्यनीति र शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीति अँगाल्यो। जनताको बहुदलीय जनवादी सिद्धान्तको विकास गर्‍यो।

चीनमा माओले मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्ने क्रममा कुनै देश अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको बेला नौलो जनवादी राज्यसत्ता कायम गरिएमा देश पुँजीवाद वा पुँजीवादबाट साम्राज्यवादतर्फ जानुको सट्टा समाजवादतर्फ दोहोर्‍याउन सकिन्छ भन्ने विचार अघि सारे। त्यो विचार चीनमा त सफलतापूर्वक लागू भयो तर त्यही रूपमा अन्यत्र कहीँ लागु भएन। 

चीनमा नौलो जनवादी क्रान्ति सम्पन्न भएलगत्तै कमरेड पुष्पलालको नेतृत्वमा गठन भएको नेपाल कम्युनिष्ट पार्टीले नेपाल पनि चीनजस्तै अर्धऔपनिवेशिक र अर्धसामन्ती अवस्थामा रहेको र यहाँ नौलो जनवादी क्रान्ति आवश्यक भएको निष्कर्ष निकालेको थियो। सोहीबमोजिमको कार्यनीति तय पनि गरेको थियो। 

हेर्नुहोस् –

तत्कालीन नेकपा (मशाल)का महामन्त्री प्रचण्डले २०४५ सालमा ‘नेपाली क्रान्तिका समस्या र दृष्टिकोणको प्रश्न’ भन्ने दस्तावेजमा “नेपाली क्रान्तिको चरित्र सामन्तवाद-साम्राज्यवाद विरोधी अर्थात् नयाँ जनवादी हुन्छ” भनेका थिए। वि.सं. २००७ सालदेखि ०६३ सालसम्मका जनआन्दोलन, जनयुद्ध र मधेश आन्दोलनले नेपालमा थुप्रै परिवर्तन ल्यायो, सामन्तवादी सत्तालाई समूल नष्ट गर्‍यो तर चीनमा भएकोजस्तो नयाँ जनवादी क्रान्ति नेपालमा सम्पन्न हुन सकेन। 

माओवादी १० वर्षे जनयुद्धको उद्देश्य त्यही भए पनि त्यो पूरा हुन सकेन। मुख्य उद्देश्यमा माओवादी जनयुद्ध असफल रह्यो। बलपूर्वक सत्ता कब्जा गर्न असफल भएपछि मात्र तत्कालीन माओवादीले नेपाली कांग्रेस र एमालेसँग सहकार्यको बाटो रोज्यो, सत्तामा हिस्सा खोज्यो।

जसरी विगतमा सत्ता बलजफ्ती कब्जा गर्न जङ्गल पसेका गोलाबारुद कसेका प्रचण्डलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन जनताको बहुदलीय जनवाद सफल भएको थियो, त्यसरी नै आज विप्लवको समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सफलता मिलेको छ।

तत्कालीन माओवादी विद्रोही समूहका नेता प्रचण्डको चटके कार्य शैली, माओवादी पार्टीमा अन्तरपार्टी जनवादको अभाव, शान्तिप्रक्रियामा आएपछि माओवादीमा देखिएको चरम सांगठानिक अव्यवस्थापन र अराजकता, क्रान्तिकारी आवरणमा देखा परेको मूल नेतृत्वको दक्षिणपन्थी रुझान आदि कारणले उछिट्टिएर ‘एकीकृत क्रान्ति’को हिंसात्मक बाटोमा हिड्न पुगेका नेता ‘विप्लव’ जननेता मदन भण्डारीको जनताको बहुदलीय जनवादी राजमार्गमा आइपुगेका छन्।

मदन भण्डारीको देहावसानपछि जनताको बहुदलीय जनवादलाई समृद्ध बनाउन र देशभर लोकप्रिय बनाउन अद्वितीय योगदान गर्ने नेकपा अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री भएको बेला यो युगीन सहमति हुनु केवल संयोग मात्र होइन। यो जनताको बहुदलीय जनवादको सही कार्यान्वयन गरिएका कारण सम्भव भएको हो। 

मदन भण्डारीले जनताको बहुदलीय जनवाद भनेको “सामन्तवाद-साम्राज्यवादविरोधी राज्यसत्ता हो” भनेका थिए। वि.सं. ०६२-६३ सालको जनक्रान्तिले सामन्तवादको उच्छेद गरिदियो भने ०७२ सालमा बनेको संविधानबमोजिम गठित केपी शर्मा ओली नेतृत्वको सरकारले प्रत्यक्ष वा परोक्ष रूपमा नेपालमाथिको साम्राज्यवादी हस्तक्षेपलाई निस्तेज बनाउने काम गर्‍यो। 

नेपाललाई एक स्वाधीन र सार्वभौम राष्ट्रका रूपमा उभ्याउन सफल भयो। प्रधानमन्त्रीको यो देशभक्तिपूर्ण कदम ‘विप्लव’ले नेतृत्व गरेको नेकपालाई मन नपर्ने प्रश्नै उठ्दैनथ्यो। आखिर सही परिणाम निस्क्यो।

यो पनि पढ्नुहोस्-

विचार / अन्तर्वार्ता

सरकार-विप्लव सहमति : जबजको उपलब्धि

प्रकाशित: शनिबार, फागुन २२, २०७७ २०:५०
  • जसरी विगतमा सत्ता बलजफ्ती कब्जा गर्न जङ्गल पसेका गोलाबारुद कसेका प्रचण्डलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन जनताको बहुदलीय जनवाद सफल भएको थियो, त्यसरी नै आज विप्लवको समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सफलता मिलेको छ।

सिफारिस