अविष्मरणीय छिमी यात्रा... (फोटोफिचर)

काठमाडौं। बसको नाम ‘घोडाघोडी डिलक्स’। 

२३ फेब्रुअरी २०२१ को गोधुली साँझ।

क्षितिजको घाम पछ्याउँदै हामी (बहिनी अप्सना, भाइहरू सुवास र प्रतापसहित) काठमाडौंको नयाँ बसपार्कबाट हुइँकियौं।

हुन त यायावरभन्दा कमचाहिँ होइन हामी पनि। 

कलङ्‍की-मुग्लिन-पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनीसम्म पक्की सडक। त्यसपछि चाहिँ कालीगण्डकी तिरैतिरको कच्ची, भयानक  बाटो। त्यहीबाट सुरू भयो हाम्रो कठिन यात्रा। त्यतिबेला लाग्थ्यो, जीवन चालक (ड्राइभर)को हत्केलामा सुम्पियौँ।

तर, सकुशल मुस्ताङ पुग्यौं। सकुशल पुर्‍याएकोमा चालकलाई धन्यवाद दियौं। 

ठीक अगाडि धौलागिरि हिमाल। धित मरूञ्‍जेल दृश्यालोकन गर्‍यौं।

त्यसपछि हामी तातोपानी, लेते, मार्फाहुँदै जोमसोम बजार पुग्यौं। 

‘जोमसोमै बजार...’ गीत गुनगुनायौं। मुस्ताङ आफैंमा प्राकृतिक सुन्दरताको हिसाबले पर्यटकीयस्थल रहेछ।

जोमसोमको चिऽसो हावापानी...। 

एयरपोर्ट पनि त्यहीँ रहेछ, जुन व्यवस्थित देखियो।

त्यहाँका गाउँघर र परिवेशले फरक परम्परा र मौलिकताको अनुभूति दिलायो।
 
सबै घरको तालामा दाउरा सिन्डी। छानाबिनाको पुख्र्यौली घरहरू मात्र रहेछन्।

हेर्दा अत्यन्तै राम्रो...।

कागवेनी, खिङ्‍गा र जारकोटका गाउँमा आदिवासीहरूको सामुदायिक बस्ती देखियो। बस्तीमा आदिवासी समुदायका झुरूप्प घरहरू रहेछन्।

खोलाहरूमा काठका पुल थिए। स्थानीय स्रोत साधनको सदुपयोग राम्ररी भएको रहेछ। तर, यसलाई मौलिकता हो भन्‍ने कि सरकारको नजर नपुगेको हो? यसै भन्‍न सकिएन। विकास कम छ।

यसपछि हाम्रो गन्तव्य बन्यो मुक्तिनाथ। त्यहाँ पुग्दा ताप्लेजुङका दुई बहिनीहरू दाडोमा शेर्पा र गीता येङ्देनको होटल ‘नाइटगलु’ मा पुग्यौं।

खासमा यो ठाउँको नाम ‘छिमी ग्यार्चा’ रहेछ। एकात्मक राज्यसत्ताले अपभ्रंश गरी मुक्तिनाथ बनाएको थाहा भयो।

छिमी ग्यार्चाको उचाइ तीन हजार आठ सय फिट हो। प्रसिद्ध र पर्यटकीय यो ठाउँमा असोज, कात्तिक, फागुन, चैत, वैशाखसम्म आन्तरिक र बाह्य पर्यटकको भीड लाग्‍ने रहेछ।

सुनेअनुसार यहाँको मुख्य खेती स्याउ हो। तर आलु, जिम्बुलगायतका खेती पनि हुने रहेछ।

पशुपालनमा याक, घोडा, जर्सी, च्याङ्ग्रा, भेँडा, बाख्रा अत्यन्तै फस्टाउने सम्भावना देखियो।

स्थानीय उत्पादनको रूपमा भेँडाको ऊनको गलबन्दी पाइने रहेछ। गुम्बाताल, चोङेलगायत नाम स्थानीय मातृभाषामा रहेको पाइयो।

‘छिमी ग्यार्चा’ अर्थात् मुक्तिनाथमा स्नान गर्न एक सय आठ धारासँगै अग्‍निज्वालाको दर्शन गरियो।

यसरी प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मुस्ताङलाई सेल्फीमा खिचेर भोलिपल्ट मिर्मिरेको ताराहरूसँगै हामी काठमाडौं फर्क्याैं।

(तुम्बापो किरात याक्थुङ चुम्लुङकी केन्द्रीय महासचिव हुन्।)

फोटो फिचर

अविष्मरणीय छिमी यात्रा... (फोटोफिचर)

प्रकाशित: शनिबार, फागुन २२, २०७७ १४:२७
सारांशमा :
  • छिमी ग्यार्चाको उचाइ तीन हजार आठ सय फिट हो।
  • प्रसिद्ध र पर्यटकीय यो ठाउँमा असोज, कात्तिक, फागुन, चैत, वैशाखसम्म आन्तरिक र बाह्य पर्यटकको भीड लाग्‍ने रहेछ।
पूरा पढ्नुहोस्

सिफारिस