माघे संक्रान्ति, मामाघर अनि ‘दिदी’

आफ्नो कार्यस्थल जाने तरखरमा पुसको कठ्याङ्ग्रिँदो बिहानी कुहिरीमण्डललाई चिर्दै गाडी अगाडि बढाउँदा ‘विदा’को अव्यक्त चाहना मनमा दगुँरिदो छ। स्कुले जीवनको मिनपचास विदाको प्रभाव अवचेतन मनमा अझै रहेको हुँदो हो पनि।

माघे संक्रान्ति भन्नासाथ घिउ-चाकु-तरुल-खिचडीको स्वाद, पालुंगोको हरियोपन-ताजगी, आकाशे कुहिरीमण्डल, ठिहिर्‍याउने जाडो, मकलको आगो, रमाइलो विदा अनि बाल्यकालका मामाघरका चित्रहरू चलचित्रझैं मानसपटलमा प्रकट हुन थाल्छन्। बालापनको मामाघरको सम्झनाको केन्द्रीय भागमा सदा रहन्छिन् ‘दिदी’। 

दिदी- मेरी ममतामयी मातामहीप्रतिको हाम्रो स्नेहिल सम्बोधन! कस्तो तिथि जुराएको होला प्रकृतिले-कालले? माघे संक्रान्ति- त्यही दिनले रमाइला सम्झनाहरू ल्याउँछन् बालापनका, अन्तिम परीक्षापछिको लामा विदाका, भर्खरै भएको रिजल्टपछिको उत्साहका, नयाँ कक्षा चढ्ने अनि नयाँ किताबहरू जम्मा गर्ने-गाता हाल्ने हुटहुटीका, मामाघरको स्वस्थानी व्रतकथा, त्यसपछि पाइने दिनैपिच्छेका थरिथरिका नैवेद्य-प्रसादहरूका! अनि १२ वर्षअघिको त्यही दिन हाम्री प्यारी दिदीले धर्ती छोड्ने तिथि-घडी! 

भारतको मणिपालमा एमडी गर्न बिदाइ गर्ने समयमा घरैमा आएर दिदीले व्यक्त गर्नुभएको वाक्य अझै पनि कानमा गुञ्जिरहेझैं लाग्छ, ‘खोई! फर्केर आएपछि भेट्न पाइने हो कि होइन...!’ एकपटक त बीचमा दसैंमा भेट भएको पनि हो, तर एमडी सकेर आउँदा उहाँको भौतिक देह अनन्तमा विलीन भइसकेको थियो।

त्यसैले माघे संक्रान्तिले रमाइलो सम्झनामात्र ल्याउने गरेको छैन, १२ वर्षयता भने त्यसले नमीठो एक्लोपन अनि रिक्तता पनि बोकेर ल्याइरहेको छ। एउटा पछुतो छ जीवनभरिलाई मेरो, सायद रही नै रहनेछ, सधैँभरिलाई। आफूलाई स्नेहजनित रूपमा जन्मेदेखि नै हुर्काइ-बढाइ सक्षम बनाउने ती ममतामयी मातामही दिदीको अन्तिम दर्शनको सौभाग्य भने मलाई मिलेन। २०६५ माघ १ (१४ जनवरी २००९)को मध्यरात उहाँको निधनको समाचार सुन्नुपरेको थियो अप्रत्यासित रूपमा टेलिफोनमा। 

दिदी ममताको भकारी नै थिइन्। जीवनको पहिलो पाँच वर्ष उनकै संरक्षणमा बितेको थियो मेरो। शैशवावस्थाको खासै सम्झना त छैन, तर उनको न्यानो काख, मीठो स्याहार अनि मामाघरको दरिलो छत्रछायाँ मेरा रक्त कण-कणमा अझै सिञ्चित भइरहेझैं लाग्छ। त्यो काख, त्यो स्याहार, त्यो छत्रछायाँ नहुँदो हो त म अहिले कहाँ-कस्तो पो हुने थिएँ होला? भनिन्छ, बाल्यकालको हुर्काइबढाइको वातावरणले, सम्बन्धहरूको न्यानोपनले अनि स्नेहको लेपनले नै व्यक्तित्व निर्माणमा ठूलो प्रभाव पारेको हुन्छ।

शारीरिक विकास त छँदै नै छ, मानिसको सर्वांगीण मनोवैज्ञानिक विकासका लागि बाल्यावस्थामा सिञ्चिएको स्नेह, मायाममता निकै हदसम्म जिम्मेवार रहन्छन्। अतः मेरो व्यक्तित्व, मेरो उन्नति-प्रगति आज जुन अवस्थामा पुगेको छ, त्यसमा मामाघर अनि त्यहाँकी मूलशक्ति प्रातःस्मरणीया मातामही दिदीकै सिञ्चन, स्नेहलेपन, अनि लालनपालनकै महत्त्वपूर्ण भूमिका छ, रहिरहनेछ सधैंभरि नै।

सूर्य दक्षिणयणबाट उत्तरायण लाग्दा भनौं या मकर राशितिर लम्कँदा हरेक वर्ष आइरहने माघे संक्रान्ति पर्व-संस्कृति-जातिविशेषको नव वर्ष जेजस्तो रूपमा मनाइए पनि व्यक्तिगत रूपमा मलाई भने बाल्यावस्थाको सम्झना गराइरहने अनि मेरी मातामही दिदीको स्मृति दिलाइरहने एक विशेष दिन पनि हो।

बाल्यकालका हरेक मिनपचास विदाका प्रायः सबै दिन बिताइएका मामाघरका बुइँगल, छिँडी, बारी, कोठाचोटाका सम्झना सजीव भएर रहेका छन् आजसम्म नै मानसपटलैभरि। स्कुले जीवनका प्रायः सबै माघे संक्रान्ति त्यहीँ नै बितेका थिए होलान् मेरा। जब जब मामाघरको पुरानो घर आँखा अगाडि आउँछ, तब तब दिव्य उज्यालो अनुहार भएकी, निधारमा रातो टीका अनि रातो धोतीमा सजिएकी, आँखाका चस्माले झनै देदीप्यमान देखिएकी ममतामयी तिनै दिदीको सुन्दर तस्वीर नाँच्न थाल्छ नेत्रसामु अनि सम्झनाका बाडुल्कीहरू ढुकढुकिन थाल्छन् मुटुभरि। बाल्यावस्थाका स्नेहपुलकित ती पलहरू सँगालिन थाल्छन् मनैभरि।

सूर्य दक्षिणयणबाट उत्तरायण लाग्दा भनौं या मकर राशितिर लम्कँदा हरेक वर्ष आइरहने माघे संक्रान्ति पर्व-संस्कृति-जातिविशेषको नव वर्ष जेजस्तो रूपमा मनाइए पनि व्यक्तिगत रूपमा मलाई भने बाल्यावस्थाको सम्झना गराइरहने अनि मेरी मातामही दिदीको स्मृति दिलाइरहने एक विशेष दिन पनि हो। अतः पुसको कठ्याङ्ग्रिँदो जाँडोमा बिहानी आकाशमा मडारिरहेको कुहिरोभित्र उनैलाई खोजिरहेको हुन्छु म। कतै हात उठाएर ‘बाबु’ भन्दै स्नेहलंकृत आशीष त दिइरहेकी छैनन् तिनले?

(लेखक धुलिखेल अस्पतालका मानसिक रोग विशेषज्ञ हुन्।)

ब्लग

माघे संक्रान्ति, मामाघर अनि ‘दिदी’

प्रकाशित: बिहिबार, माघ १, २०७७ ०७:३४
  • माघे संक्रान्ति भन्नासाथ घिउ-चाकु-तरुल-खिचडीको स्वाद, पालुंगोको हरियोपन-ताजगी, आकाशे कुहिरीमण्डल, ठिहिर्‍याउने जाडो, मकलको आगो, रमाइलो विदा अनि बाल्यकालका मामाघरका चित्रहरू चलचित्रझैं मानसपटलमा प्रकट हुन थाल्छन्। 
  • माघे संक्रान्ति पर्व/संस्कृति/जाति विशेषको नव वर्ष जेजस्तो रूपमा मनाइए पनि व्यक्तिगत रूपमा मलाई भने बाल्यावस्थाको सम्झना गराइरहने अनि मेरी मातामही दिदीको स्मृति दिलाइरहने एक विशेष दिन पनि हो।
  • दिदी ममताको भकारी नै थिइन्। जीवनको पहिलो पाँच वर्ष उनकै संरक्षणमा बितेको थियो मेरो।

सिफारिस